२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु



अ+ अ-

काठमाडौँ। नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको संयुक्त आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा सुरु भएको कला प्रदर्शनीको पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र नेपालका लागि चीनका राजदूत छन सोङले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री कोइरालाले यस प्रदर्शनीले राजनीतिकबाहेक दुई देशका जनताबीचको अन्तरह्दय जोड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस प्रदर्शनीले कला र संस्कृतिलाई जोड्ने मात्र नभइ दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र आत्मिय बनाउन मद्दत गर्नेछ ।”

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कला प्रदर्शनीले सांस्कृतिक तथा कूटनीति सम्बन्ध प्रगाढ बनाउन सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कला केवल सौन्दर्य अभिव्यक्त गर्ने माध्यम मात्र नभइ एकताबद्ध गर्ने एउटा पुुलका रूपमा भएको धारणा राख्नुभयो ।

चीनका राजदूत सोङले नेपाल–चीनसम्बन्ध आपसी सम्मान, सहयोग र साझेदारीमा आधारित रहेको बताउनुभयो । उहाँले दुई देशका कलाकारलाई एउटै मञ्चमा देख्न पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नभयो ।

प्रदर्शनीमा कुलपति हार्तम्छालीसहित पूर्वकुलपतिहरू किरण मानन्धर, केके कर्माचार्य, उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्य प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङ्माङलगायत कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । यस्तै चिनियाँ कलाकारका कलाकृति पनि समावेश छ ।

नेपाली कलाकारका ४४ र चिनियाँ कलाकारका ६० कलाकृति प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनीमा १५ जना चिनियाँ कलाकारसमेत सहभागी भएका प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो ।

सो क्रममा आज चिनियाँ कलाकारले प्रत्यक्ष रूपमा भएको कला कार्यशालामा आफ्नो प्रस्तुति दिएका छन् । प्रदर्शनी यही साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । रासस

तस्बिर: प्रदीपराज वन्त,रासस