२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षाका लागि बजार क्षेत्रमा ‘हाई मास्क लाइट’ जडान



अ+ अ-

पाल्पा। रामपुर नगरपालिकाको बेझाड बजार क्षेत्रमा सुरक्षा र सौन्दर्यीकरणका लागि ‘हाई मास्क लाइट’ जडान गरिएको छ ।

बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण, शान्ती सुरक्षा तथा सौन्दर्यीकरणका लागि लाइट जडान गरिएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो ।

“बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित आपराधिक घटना हुन नदिन स्वचालित व्यवस्थासहितको हाई मास्क लाइट जडान गरिएको छ । यसको विद्युत् महशुल भुक्तानीलगायत व्यवस्थापन नगरपालिकाले गर्नेछ”, उहाँले भन्नुभयो ।

यहाँ नगरपालिकाको मागअनुसार लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायमार्फत रु छ लाख बराबरको लागतमा १६ मिटर उचाइँ, दुई हजार ४०० वाट क्षमताका लाइट जडान गरिएको छ ।

उज्यालो सहरअन्तर्गत विभिन्न स्थानका सडक र चोकमा सडक बत्ति जडान गरिएको नगरपालिकाले जनाएको छ । रासस