२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिव्य पशुपतिनाथ सफाइमा कलाकार



अ+ अ-

काठमाडौँ। दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज कलाकर्मीहरूले पशुपतिनाथ मन्दिर परिसरमा सफाइ गरेका छन् । ‘एक वर्ष एक सङ्कल्पः स्वच्छता र हरियालीमा दीर्घकालीन परिवर्तन’ भन्ने उद्घोषसहित यही साउन ६ गतेदेखि अभियान सुरु भएको थियो ।

‘क्लाइमेट स्मार्ट सिटिज्’ सँगको सहकार्यमा मैनादेवी फाउन्डेसनद्वारा सुरु गरिएको अभियानअन्तर्गत आज नेपाल आइडल विजेता रवि ओड, लोक देउडा गायकहरू चक्र बम, टङ्क तिमिल्सेना, चेतन बोहोरा, लालबहादुर धामी, अनिता चलाउने, हाँस्यकलाकार हेमराज अधिकारीलगायतले मन्दिर परिसरमा सफाई गरेका फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिनुभयो ।

बढ्दो प्लास्टिक फोहोर व्यवस्थापन, वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको अभियानमा समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई सरिक गराउने नीतिअनुसार आज सुदू्रपश्चिमका चर्चित कलाकारले सफाइ गरेका उहाँले बताउनुभयो ।

कार्यक्रममा क्रेसन नेपाल, फाउण्डेसनका स्वयम्सेवक र सेन्ट लरेन्स कलेजका विद्यार्थीको समेत सहभागिता रहेको थियो । त्यस क्रममा ३०० सय किलोग्रामभन्दा बढी फोहोर सङ्कलन भएको थियो । फोहोरमा प्रायः चुरोट, गुट्खा र चक्लेटका खोल तथा मेडिकल सामग्रीलगायत भेटिने गरेको अभियान्ता फाउण्डेशनका अध्यक्ष खनालले जानकारी दिनुभयो ।

“विश्वका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ क्षेत्र फोहोर हुनुले नेपालकै छविमा नराम्रो सन्देश जान्छ । त्यसैले फोहोर व्यवस्थापनका लागि अभियान सुरु गरेका छौँ, यो निरन्तर जारी रहनेछ । यसमा सबैको सहयोग र सहभागिताको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

यही साउन ६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अभियान शुभारम्भ गर्नुभएको थियो । रासस