२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ’



अ+ अ-

कञ्चनपुर। नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिने बताउनुभएको छ ।

आज शुक्लाफाँटा नगरपालिका-४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा कल्की फाउण्डेसनले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले शिक्षामा गरेको लगानी व्यापार नभएर वर्षौँपछि प्रतिफल दिने दिगो योजनाका रूपमा रहेको धारणा राख्नुभयो । सामुदायिक विद्यालयमा पूर्वाधार विकाससँगै पढाइको गुणस्तर वृद्धिका लागि आधारभूत तहबाट सुधार गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

“अहिलेका अभिभावकले आफ्ना सन्तानलाई अङ्ग्रेजी भाषामा दखल बनाउने चाहना राख्नुहुन्छ । अभिभावकको मनोभावलाई बुझेर आधारभूत तहदेखि अङ्ग्रेजीमा पढाउने व्यवस्था गरिनु आवश्यक छ”, नेता साउदले भन्नुभयो । अङ्ग्रेजीमा पढाइ गर्ने सामुदायिक विद्यालयलाई अरु विद्यालयको तुलनामा  प्रोत्सहित गर्न बढी अनुदानको व्यवस्था गरिनुपर्ने उहाँले उहाँले दिनुभयो ।

“सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि निजीमा बालबालिका पढाउने क्रम रोकिन्छ, सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्छ, त्यस कार्यले शिक्षामा गरेको लगानी खेर जादैन”, उहाँले भन्नुभयो । नयाँ पिँढीका लागि शिक्षामा गरिएको लगानीले आठ दशकसम्म प्रतिफल प्राप्त भइरहने उहाँले उल्लेख गर्नुभयो ।

“नयाँ सोचका साथ विद्यालय व्यवस्थापनको कार्यलाई अगाडि बढाइनुपर्छ”, नेता साउदले भन्नुभयो, “माध्यमिक तहमा पढाइ हुने विद्यालयमा कम्तीमा व्यवस्थापन समितिको अध्यक्षको योग्यता स्नातकतहसम्म निर्धारण गरी प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।” सरकारी विद्यालयको गुणस्तर सुधार गर्ने दायित्व सबैको भएकाले व्यवस्थापन पक्षलाई चुस्तदुरुस्त पारेमा सुधारका सङ्केत देखिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पूर्वपरराष्ट्रमन्त्री साउदले शुक्लाफाँटा नगरपालिकामा सडक, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र, प्रशासनिक भवन निर्माणलगायत योजनाका लागि एसियाली विकास बैंकको रु अढाई अर्ब सहुलियत ऋण सहयोग उपलब्ध भएकामा रु एक अर्बको मात्रै योजना बन्नुले जनप्रतिनिधिको प्रशासनिक क्षमता कमजोर भएको प्रमाणित गर्ने धारणा राख्नुभयो ।

अहिले पनि एसियाली विकास बैंकको रु ८८ करोड बजेट आएकाले त्यसको सदुपयोग गर्दै गुणस्तरीय योजना बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । 

पूर्व-पश्चिम राजमार्गको अत्तरियाबाट गड्डाचौकीसम्म छ लेनको सडक निर्माणका लागि रु २१ अर्ब बढी बजेट विनियोजन भएकाले सडक निर्माणले गति लिएपछि यस क्षेत्रको विकासमा नयाँ आयाम थपिने नेता साउदले विश्वास व्यक्त गर्नुभयो । 

पूर्वमन्त्री साउदले आजै वडा नं ४ को सनवोरा र स्याली नदीको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । निर्माण भएका सडक, नगर अस्पताललगायत भौतिक पूर्वाधारको निरीक्षण गर्दै निर्माणमा भएका प्रगतिबारे उहाँले चासो राख्नुभएको छ ।  रासस