काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिन तयार भएका छन् ।
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग तीन बुँदे सहमति भएपछि उनी राजीनामा दिन राजी भएका हुन् ।
आज सभापति देउवा निवास बुढानीलकण्ठमा भएको भेटपछि भोलि राजीनामा दिन तयार भएको स्रोत बताउँछ ।
संसदीय दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपछि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिएका थिए । तर, बुढानीलकण्ठमा भोलि मुख्यमन्त्रीले राजीनामा दिने, आफूले नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउने र संसदीय दललाई एकताबद्ध बनाएर अघि बढाउने सहमति भएको छ ।
दलको नेतामा पराजित भएपछि पनि मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। तर, उनीहरूको शपथ अन्योल छ ।
आजको सहमतिपछि अब बन्ने बानियाँ नेतृत्वको सरकारमा उनीहरूको सहभागिता हुने पक्का भएको छ ।










