१ भाद्र २०८३, सोमबार
,
Latest
कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपी कोईरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह काँग्रेसमा लाग्नुभयोः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोईरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह नेपाली काँग्रेसमा लाग्नुभएको बताउनुभएको छ ।

शनिवार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणेशमान सिंहलाई भेटेर सघन छलफल गर्न सकेको भए कम्युनिष्ट पार्टीमै आउनसक्ने अनुमान लगाउनु भयो । गणेशमान सिंह शहीद गंगालाल श्रेष्ठका मित्र भएकाले पनि गणेशमानलाई पुष्पलाल श्रेष्ठले सम्मान गर्ने गर्नुभएको बताउनु भयो । पुष्पलाल गंगालालबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गणेशमान पुष्पलालका दाजु शहीद गंगालालका साथी हुन् । एकैदिन प्रजा परिषद्को सदस्यता लिएका हुन् । दाजुको साथी भएको हुनाले पुष्पलालले पनि गणेशमानलाई अत्यन्त सम्मान गर्नुहुन्थ्यो । पुष्पलाल राजनीतिमा लाग्ने उमेर नहुँदै सर्वश्वसहित जन्मकैद पाइसक्नुभएको थियो, गणेशमान सिंहले । पुष्पलाल गंगालालबाट प्रभावित हो । उहाँले १३—१४ वर्षदेखि नै राजनीति थाहा पाउनु भयो । वामपन्थी राजनीति, देशभक्तिपूर्ण राजनीतिको  समर्थन गर्नुभयो । दाजुको जब हत्या भयो त्यसपछि उहाँले प्रजा परिषद्बाट छिन्नभिन्न भएपछि   नेपाल प्रजातान्त्रिक संघ भनेर गठन गर्नुभयो । पछि नेपाली काँग्रेसको वास्तविकता देखेपछि, बुझेपछि त्यसबाट अलग हुनुभयो । कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । गणेशमानजीसँग अलि सघन कुराकानी भएको भए कम्युनिष्ट पार्टीमै आउनुहुन्थ्यो होला । तर उहाँ विपी कोईरालाको बौद्धिकताको प्रभाव अलि भयो । त्यतै जानुभयो ।’

प्रधानमन्त्री ओलीले अग्रजका पूरा हुन बाँकी सपना पूरा गर्न लाग्नुपर्ने बताउनु भयो ।