१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहिर चर्चा गरिएको जस्तो नेपाल गरिब मुलुक होइन: महासचिव पोखरेल



अ+ अ-

काठमाडौं, साउन १७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक नभएको बताउनुभएको छ ।

नवयुग उद्यमशाला कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको सामर्थ्य के छ भन्ने कुरा नेपालीले बुझ्न नसकेका बताउनुभयो । नेपालमा व्यापारको सम्भावना देखेर भारत सरकारले नेपालका सातवटा भन्सार विन्दुमा आफ्नै लगानी रेल ल्याउने प्रस्ताव गरेको उहाँले सुनाउनुभयो । नेपालमा व्यापारको प्रचुर सम्झना देखेर नै भरत आफ्नो लगानी गर्न तयार रहेको पोखरेलले बताउनुभयो । ‘नेपालमा असाधारण समार्थ्य छ भन्ने अरूले बुझिसके, छिमेकीहरूले बुझिसके, हामीले हाम्रो सामर्थ्य बुझ्न सकेका छैनौँ’, उहाँले भन्नुभयो ।

नेपालमा जस्तो उत्पादन गर्न सक्ने प्रकृति अरवियन मुलुकमा हुन्थ्यो भने उनीहरूले के गर्थे भन्दै प्रश्न गर्नुभयो । ‘हामीले हाम्रो प्रकृतिलाई उपेक्षा गरिरहेका छौँ, हामी नेपालमा त सम्भावना छैन, अवसर नै छैन भनिरहेका छौँ’, उहाँले भन्नुभयो ।

बाहिर जानेहरूले नेपाल चलेकै रेमिट्यान्सले हो भन्ने चर्चा गरेका भए पनि नेपाल आउने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेका पोखरेलले बताउनुभयो । यथार्थमा नेपालीको श्रम र पसिना भारतीय अर्थतन्त्र निर्माणमा खर्च भइरहेको उहाँको धारणा छ ।

म बनाउँछु मेरो देश भन्ने भावनाका साथ लाग्ने हो भने नेपाल बनाउन सकिने उहाँले बताउनुभयो । ‘राज्य र नागरिकका बिचमा गरिहो अन्तरसम्बन्ध र सहकार्य हुँदैन, त्यो देश बन्दैन, देश बनाउने हो भने लोकतन्त्रमा राज्य र नागरिक बिचको सम्बन्ध जीवन्त र सकारात्मक हुनु पर्दछ’, उहाँले भन्नुभयो ।

जोखिम बहन गर्ने सामर्थ्य निर्माण नगरी देश नबन्ने पनि उहाँले बताउनुभयो । देश बनाउन जोखिम मोलेरै काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने पोखरेलले बताउनुभयो । परम्परागत ढाँचाले मात्र अघि बढ्दा फेरी पनि अभावकै दुष्चक्रमा फस्नु पर्ने उहाँको धारणा छ ।
लोकतन्त्रमा राज्य बलियो भएन भने देश र नागरिक बलिया नहुने उहाँले बताउनुभयो । नागरिकले अधिकार खोज्ने तर कर्तव्य निर्वाह नगर्ने गर्दा राज्य बलियो हुन नसकेको उहाँले धारणा राख्नु भयो ।

पोखरेलले जहाँ अभाव छ त्यही विकासको सम्भावना हुने बताउनुभयो । अभाव र सङ्घर्षले सफलता प्राप्त हुने पोखरेलले सुनाउनुभयो । आयात– निर्यात मात्र सम्भावना नभएको बताउँदै उहाँले प्रकृति र त्यसको ब्राण्डिङ विश्व बजारमा नेपालको ठुलो सम्भावना रहेको उहाँले बताउनुभयो । यसको साथै नेपालसँग सबैभन्दा धेरै काम गर्न सक्ने जनशक्ति भएकाले त्यो नेपालको लागि ठुलो आधार भएको पोखरेलको भनाइ छ ।