१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा भ्रष्टाचारले सीमा नाघ्योः अध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताउनुभएको छ । शनिवार काठमाडौंमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार उन्मुलुन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचारीको आँखै हेर्दिन भन्ने गरेपनि त्यसअनुसार काम अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले भ्रष्टाचार बढ्नुको मुख्य कारण प्रत्यक्ष निर्वाचन प्रणाली रहेको बताउनु भयो । करोडौँ पैसा खर्च गरेर निर्वाचन जित्ने र त्यसपछि मन्त्री, मुख्यमन्त्री, सांसद, पालिका प्रमुख, वडा अध्यक्ष भएर असुल्ने प्रवृत्तिका कारण भ्रष्टाचार मौलाइरहेको बताउनु भयो । मन्त्रीहरुले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने कारण पनि भ्रष्टाचार बढेको उहाँको निष्कर्ष छ ।

उहाँले भन्नुभयो, ‘आज देशमा भ्रष्टाचारले सीमा नाघिरहेको अवस्था छ । किन भ्रष्टाचार हुन्छ, त्यो भ्रष्टाचारलाई उन्मुलन गर्नुपर्छ । भ्रष्टाचारीको आँखै हेर्दिन जस्ता अनेकौँ कुराहरु भनिइरहिएको छ । मुखै हेर्दिन भनिएको छ । यसको मुख्य कारण भनेको एउटा निर्वाचन प्रणाली हो । जसमा प्रत्यक्ष निर्वाचनमा करोडौँ पैसा खर्च गरेर जितेर आउने, सावाँ ब्याज चाहीँ सांसद मन्त्री भएपछि विभिन्न पालिकाका, मेयर, अध्यक्ष वा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु भएपछि असुल्ने प्रवृत्तिले गर्दा यो समस्या जन्मिएको छ । निर्वाचन प्रणालीको कारण हो । अर्को भनेको मन्त्रीहरुले नीतिगत निर्णयमा सही गर्दछन् ।

कार्यान्वयन ब्युरोकेट्सहरुले गर्ने, आदेश दिने मन्त्रीहरु हुन्छ, भोलि कुनै फाइलमा समस्या भयो, भ्रष्टाचार भयो भन्ने आयो भने समाउने सचिव र सहसचिवहरुलाई हो । तर नेताहरु जो आदेश दिन्छन् र त्यसबाट पैसा कमाउँछ, कहिले ७० करोड हान्दिएको छु भन्छ, कहिले के भनिरहेको छ । कति टेप काण्डहरु भइरहेको हुन्छ, उनीहरु गिरफ्तार हुँदैनन् । जसले निर्णय गर्दछ, उसले नै जवाफदेहिता लिने हो भने नेताहरुले त्यस्तो गलत आदेश दिँदैनन् । यि कुराहरु सच्याएर जानुपर्छ ।’

अध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै अहिले फलानो राजनीतिमा आउनु हुन्छ की हुँदैन भन्नेमा बहस भइरहेको बताउनु भयो । एउटा नेता परिवर्तन हुने कुराले खासै फरक नपार्ने तर एजेण्डा लिएर अघि बढ्दा राम्रो हुने बताउनु भयो । अहिलेको संसदीय व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने बताउनु भयो ।




भर्खरै