७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

कोदो दिवस मनाइयो

कोदो दिवस मनाइयो
अ+ अ-

काठमाडौँ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘कोदो दिवस–२०८२’ मनाइएको छ । सो अवसरमा शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा भव्य रूपमा कोदो रोपेर दिवस मनाइएको हो ।

कोदोको महत्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स ९अनाज०को संयुक्त पहलमा कार्यक्रम आयोजना गरिएको हो ।

समारोह कृषि विभागका महानिर्देशक तथा कोदो दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा एफएओ नेपालका प्रमुख केन सिमिजु, कृषि सचिवद्वय गोविन्द शर्मा र दीपक खराल, नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०का कार्यकारी निर्देशक डा कृष्णप्रसाद तिम्सिना, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, किसान नेता विजय लामा, कृषि विज्ञ, पत्रकार तथा सयौं स्थानीय कृषकको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले स्वस्थ रहनका लागि हरेक नेपालीले दैनिक एक छाक कोदोको परिकार खानुपर्ने बताउनुभयो । “हामी अहिले उपचार गर्न सक्छौँ, तर हाम्रो भविष्यको सन्तति रोगी भएर जन्मिन सक्छन्,” मन्त्री अधिकारीले भने, “त्यसैले एक छाक कोदोको परिकार भान्सामा समावेश गर्नु स्वस्थ जीवनको सुनिश्चितता हो ।”

उहाँले कोदो खेतीलाई आयआर्जनसँग पनि जोड्न सकिने भएकाले यसको प्रवद्र्धनमा किसान, नीति निर्माता र सरोकारवाला एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष सञ्जेलले सरकारले कोदोलाई रणनीतिक बालीका रूपमा प्राथमिकता दिँदै दिवसको घोषणा गरेको बताउनुभयो । उहाँले कोदो प्रवद्र्धनमा सक्रिय भूमिका खेलेकोमा अनाज र राष्ट्रिय कृषक समूह महासङ्घलाई धन्यवाद दिनुभयो ।

रैथाने बाली विज्ञ तथा मन्त्रालयका सह–सचिव डा रामकृष्ण श्रेष्ठले कोदोलाई जलवायु परिवर्तन–अनुकूल टिकाउ बालीका रूपमा प्रवद्र्धन गर्नु सरकारको ऐतिहासिक र दूरदर्शी निर्णय भएको बताउनुभयो । कोदो खाद्य सुरक्षाको आधार, पोषणको स्रोत र पर्यावरणमैत्री खेतीका हिसाबले पनि विशेष महत्व राख्ने उहाँको कथन छ ।

कृषि सचिव शर्माले कोदोलाई हेपिएको बालीका रूपमा लिने मानसिकता रहेको भए पनि पछिल्लो समय यसको पोषणीय, पर्यावरणीय र आर्थिक मूल्यबारे जनचेतना बढ्दै गएको बताउनुभयो । “विश्वमै कोदो अब सर्वश्रेष्ठ अन्नका रूपमा स्वीकारिन थालेको छ,” उहाँले भन्नुभयो ।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले पहिलो राष्ट्रिय कोदो दिवस आफ्नो नगरमा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै कोदोजस्ता परम्परागत बालीलाई नगरस्तरबाटै प्राथमिकता दिइने प्रतिबद्धता जनाउनुभयो ।

नार्कका कार्यकारी निर्देशक डा तिम्सिनाले कोदोको माग दिनप्रतिदिन बढिरहेको जनाउँदै बालीचक्रमा कोदोलाई समावेश गर्दै जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा एफएओ नेपाल तथा भुटानका प्रमुख केन शिमिजुले कोदो बाली प्रवद्र्धनका लागि एफएओको सहयोग निरन्तर जारी रहेको बताउनुभयो । “सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घले कोदोलाई अन्तरराष्ट्रिय बालीका रूपमा घोषणा गरेपछि हामी थप प्राथमिकताका साथ यसबारे काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो “नेपाल सरकारले कोदो दिवस घोषणा गर्नु खुशीको कुरा हो । एफएओले आगामी दिनमा पनि सहयोग र साथ निरन्तर दिनेछ ।”

स्थानीय कृषक तथा राष्ट्रिय कृषक समूह महासङ्घका बागमती प्रदेश अध्यक्ष लामाले पहिले हेपिएको कोदो अहिले धनी वर्गले खोजी खोजी खाने बालीमा परिणत भएको उल्लेख गर्दै चाँगुनारायण क्षेत्रमा यसको खेती घट्दै गएकाले पुन: प्राथमिकतामा राखेर खेती विस्तार गरिने बताउनुभयो ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरी तीन लाख ७३२ मेट्रिकटन उत्पादन भएको छ ।

तथापि प्रति हेक्टर उत्पादकत्व भने एक दशमलव ३३ मेट्रिकटनमा सीमित छ । विज्ञका अनुसार सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगसँगै जनचेतना अभिवृद्धि गरिएमा कोदोको उत्पादन र उपयोग दुबैमा उल्लेखनीय वृद्धि सम्भव छ ।

आत्मनिर्भरताको हिसाबले कोदोको अवस्था चिन्ताजनक छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले करिब ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिकटन कोदोजन्य उत्पादन आयात गरेको छ भने निर्यात जम्मा ७० मेट्रिकटन मात्र भएको छ । रासस