२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

सरकारले लागुऔषध नियन्त्रण व्युरोलाई विभागका रुपमा अघि बढाउँदै

सरकारले लागुऔषध नियन्त्रण व्युरोलाई विभागका रुपमा अघि बढाउँदै
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रण व्युरोलाई छुट्टै विभागअन्तर्गत अघि बढाउने बताउनुभएको छ ।

शुक्रवार लागुऔषध नियन्त्रण व्युरोको कोटेश्वरस्थित कार्यालयमा अवलोकन एवं निरीक्षणका क्रममा पुग्नुभएका गृहमन्त्री लेखकले यस्तो बताउनुुभएको हो । उहाँले नेपालमा लागुऔषधको बिगबिगी धेरै बढेर गएको बताउनु भयो । यो ठूलो चुनौति बनिरहेकाले विभाग बनाएरै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले लागुऔषधले नेपालको युवा पुस्तालाई नराम्रोसँग प्रभावित गरेको बताउनु भयो । लागुऔषधको विषयलाई गम्भीर रुपमा लिएर सरकारले काम गरिरहेको बताउनु भयो । मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी कार्य गरिरहेको बताउनु भयो । मुलुकलाई लागुऔषध मुक्त बनाउन निर्मम र कडाईका ढंगबाट काम गर्न जरुरी रहेको पनि बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘यो लागुऔषधको बिगबिगी अत्यन्त ज्यादा बढेर गएको छ । अब यो सबै ठाउँमा देखिरहेको छ । यसले समाजलाई यति नराम्रोसँग प्रभावित गरिरहेको छ । विद्यालयमा पढ्ने विद्यार्थी, कलेजमा पढ्ने विद्यार्थी, विभिन्न पेशा व्यवसाय गरिरहेका मानिसहरु र खासगरी युवाहरुमा नराम्रो लत देखापरेको छ । युवा भनेको भोलिका मुलुक निर्माण कर्ता हुन् । देशलाई प्रगतितर्फ लैजाने जनशक्ति हो युवा जनशक्ति ।

आज त्यही युवा जनशक्ति लागुऔषधको कारणले अत्यन्त नकारात्मक ढंगबाट प्रभावित भइरहेको छ । यसलाई चुनौतिका रुपमा हेरेर काम गर्न जरुरी छ । थप तदारुकताकासाथ काम गर्नुहोला । अहिलेको भन्दा थप मेहनत, थप परिश्रम र थप उर्जाका साथ काम गर्न जरुरी छ । मुलुकलाई लागुऔषध मुक्त बनाउने हो । मुलुकलाई लागुऔषध मुक्त बनाउन निर्मम र कडाईका ढंगबाट काम गर्न जरुरी छ । अहिले सिआइबीअन्तर्गत यस व्युरोले काम गरिरहेको छ । अब विभागकै अन्तर्गत यसलाई विकास गर्ने हो की भन्ने हाम्रो प्रतिवद्धता छ । त्यसो भएकाले यो आर्थिक वर्षमा लागुऔषध व्युरोलाई विभागकै रुपमा विकास गर्नेछौँ ।’

गृहमन्त्री लेखकले अरु देशका राम्रा अभ्यास हेरेर कसरी विभाग बनाइ अघि बढाउने भन्ने सुझाव दिन पनि निर्देशन दिनुभयो । लागुऔषधको नियन्त्रण, प्रभावको न्युनिकरण र अपराधजन्य कार्यको ठिक ढंगबाट अनुसन्धान गरी अपराधीलाई सजाय दिलाउने काममा मन्त्रालयको सहयोग सदैव हुने बताउनु भयो ।