१ भाद्र २०८३, सोमबार
,
Latest
कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो वर्षभित्र हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रले छाप्छः सञ्चारमन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ, १६ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालयअन्तर्गत प्रकाशन गरिने बताउनुभएको छ ।

हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ टिकटका आवरणमा टाँचा प्रदान गरेपछि सञ्चारमन्त्री गुरुङले यस्तो जानकारी दिनुभएको हो । हुलाक सेवा विभागले अहिलेसम्म जनकशिक्षा सामग्रीद्वारा टिकट प्रकाशन गर्दै आएको भए पनि अब मन्त्रालयले नै छाप्ने तयारी भएको उहाँले बताउनुभयो ।

बैंकको नोटबाहेक अरु आवश्यक राष्ट्रिय कागजात मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले प्रकाशन गर्ने सञ्चारमन्त्री गुरुङले बताउनुभयो । उहाँले कार्यक्रममा हुलाक टिकटमार्फत मुलुकको कला, संस्कृति, इतिहास र रैथाने परम्परा तथा बालीनाली संरक्षण जरुरी रहेको बताउनुभयो ।

विभागले ल्याएको नयाँ टिकटमा नेपालका जात्राअन्तर्गत विस्केट, हाँडीगाउँ, गाईजात्रा, मन्दिरमा बालकुमारी मन्दिर(ठेचो ललितपुर), सप्त देवल (दैलेख), कोटदेवि मन्दिर(चाँगुनारायण, भक्तपुर), भीमसेन मन्दिर(गोरखा), बैतेश्वर महादेव मन्दिर(दोलखा), नेपालका प्राचीन प्रस्तर मूर्तिअन्तर्गत भगवान् विष्णु कौडेना सर्लाही, बाह्राँै÷तेह्रौँ शताब्दी र श्रीस्वस्थानीको प्रस्तर मूर्ति काठमाडौँ, त्यसैगरी, नेपालका शिक्षाविद्अन्तर्गत ई कुलरत्न तुलाधर, शङ्करदेव पन्त र पं ऋषिराम पन्थी गरी १४ टिकट रहेका छन् ।

कार्यक्रममा विभागले प्रकाशनमा ल्याएको पुस्तक नेपाल हुलाक टिकट (विसं १९३५–२०८२) पनि लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा हुलाक घर नाम भएदेखि सुरु गरिएको १९३५ सालदेखि २०८२ सालसम्म प्रकाशन भएका हुलाकका टिकटको विवरण उल्लेख छ । विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक मुलुकको इतिहास स्मरण गराउने एउटा सुन्दर दस्तावेज बन्दै आएको बताउनुभयो । उहाँले देशविदेशमा प्रचार गर्ने र पर्यटन प्रवद्र्धनमा हुलाकको भूमिका प्रभावकारी बनाउन आफू प्रयत्नशील रहेको जानकारी दिनुभयो ।