३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो वर्षभित्र हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रले छाप्छः सञ्चारमन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ, १६ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालयअन्तर्गत प्रकाशन गरिने बताउनुभएको छ ।

हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ टिकटका आवरणमा टाँचा प्रदान गरेपछि सञ्चारमन्त्री गुरुङले यस्तो जानकारी दिनुभएको हो । हुलाक सेवा विभागले अहिलेसम्म जनकशिक्षा सामग्रीद्वारा टिकट प्रकाशन गर्दै आएको भए पनि अब मन्त्रालयले नै छाप्ने तयारी भएको उहाँले बताउनुभयो ।

बैंकको नोटबाहेक अरु आवश्यक राष्ट्रिय कागजात मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले प्रकाशन गर्ने सञ्चारमन्त्री गुरुङले बताउनुभयो । उहाँले कार्यक्रममा हुलाक टिकटमार्फत मुलुकको कला, संस्कृति, इतिहास र रैथाने परम्परा तथा बालीनाली संरक्षण जरुरी रहेको बताउनुभयो ।

विभागले ल्याएको नयाँ टिकटमा नेपालका जात्राअन्तर्गत विस्केट, हाँडीगाउँ, गाईजात्रा, मन्दिरमा बालकुमारी मन्दिर(ठेचो ललितपुर), सप्त देवल (दैलेख), कोटदेवि मन्दिर(चाँगुनारायण, भक्तपुर), भीमसेन मन्दिर(गोरखा), बैतेश्वर महादेव मन्दिर(दोलखा), नेपालका प्राचीन प्रस्तर मूर्तिअन्तर्गत भगवान् विष्णु कौडेना सर्लाही, बाह्राँै÷तेह्रौँ शताब्दी र श्रीस्वस्थानीको प्रस्तर मूर्ति काठमाडौँ, त्यसैगरी, नेपालका शिक्षाविद्अन्तर्गत ई कुलरत्न तुलाधर, शङ्करदेव पन्त र पं ऋषिराम पन्थी गरी १४ टिकट रहेका छन् ।

कार्यक्रममा विभागले प्रकाशनमा ल्याएको पुस्तक नेपाल हुलाक टिकट (विसं १९३५–२०८२) पनि लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा हुलाक घर नाम भएदेखि सुरु गरिएको १९३५ सालदेखि २०८२ सालसम्म प्रकाशन भएका हुलाकका टिकटको विवरण उल्लेख छ । विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक मुलुकको इतिहास स्मरण गराउने एउटा सुन्दर दस्तावेज बन्दै आएको बताउनुभयो । उहाँले देशविदेशमा प्रचार गर्ने र पर्यटन प्रवद्र्धनमा हुलाकको भूमिका प्रभावकारी बनाउन आफू प्रयत्नशील रहेको जानकारी दिनुभयो ।