१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

राज्यको लगानी र नीतिमा विपद् प्राथमिकतामा नपरेसम्म विपद्जन्य क्षति न्युनिकरण प्रभावकारी हुन सक्दैनः महानिरीक्षक अर्याल

राज्यको लगानी र नीतिमा विपद् प्राथमिकतामा नपरेसम्म विपद्जन्य क्षति न्युनिकरण प्रभावकारी हुन सक्दैनः महानिरीक्षक अर्याल
अ अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्युनिकरण प्रभावकारी बन्न नसक्ने बताउनुभएको छ ।

शुक्रवार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा बोल्दै उहाँले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्युनिकरण गर्न नसकिने बताउनुभएको हो ।

उहाँले संविधानको रक्षा, मौलिक हकको रक्षा र मानव अधिकारको रक्षा गर्न पनि विपद् न्युनिकरणको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । महानिरीक्षक अर्यालले नेपालमा वार्षिक रुपमा सबैभन्दा बढी मृत्यु विपद्जन्य घटनाबाट हुने गरेको उल्लेख गर्दै यसलाई गम्भीरताका साथ लिन आग्रह गर्नुभयो । विपद् न्युनिकरणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको बताउनु भयो । विपद् न्युनिकरणका लागि सबै निकायहरुबीचमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताउनु भयो ।

महानिरीक्षक अर्यालले भन्नुभयो, ‘नेपालमा सबैभन्दा बढी वार्षिक रुपमा मृत्यु विपद्बाट भइरहेको छ । मानव सिर्जित र प्रकृति सिर्जित विपद्बाट भइरहेको छ । व्यक्तिको ज्यान गइरहेको बारेमा हाम्रो उच्च प्राथमिकतामा राज्यको नीति छैन । यदी संविधानको रक्षा गर्ने हो, मौलिक हक जोगाउने र मानव अधिकारको रक्षा गर्ने हो भने विपद्मा लगानी र नीति राम्रो बनाउन जोड दिनुपर्छ । सुरक्षा निकायले आफ्नो आफ्नो ठाउँबाट कार्यक्रमहरु गरिरहेको छ । हामीले सक्दो प्रयास हामीले गरेका छौँ । सबैले मिलेर गर्नुपर्छ । २५ जनालाई लाइफ ज्याकेट र केही सामग्रीहरु दिने हो भने प्रहरी नपुगेको बेलामा पनि स्थानीयहरुले नै उद्धार गर्नुहुन्छ । विपद्सँग सम्बन्धित कुराहरु समन्वय गरेर काम गर्नुपर्छ । बजेटको लागि पनि सजिलो हुन्छ ।’

महानिरीक्षक अर्यालले विपद् सम्बन्धी तालिम पार्टीगत वा अन्य जो कोही आएपनि गराउने प्रतिवद्धता जनाउनु भयो ।