१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

दशौं राष्ट्रिय खेलकुद अनुकुल समयमा गर्छौंः खेलकुदमन्त्री चौधरी

दशौं राष्ट्रिय खेलकुद अनुकुल समयमा गर्छौंः खेलकुदमन्त्री चौधरी
अ अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गत वर्ष नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुदको गर्नका लागि अब अध्ययन समिति बनाएर अनुकुल समयमा गर्ने बताउनुभएको छ ।

हरेक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने नेपाली खेलकुदको विकासका लागि मेरुदण्ड रहेको राष्ट्रिय खेलकुदको दशौं संस्करण २०८१ साल मंसिरमा नै सम्पन्न हुनुपर्ने थियो । तर मन्त्री चौधरीको ढिला सुस्तीसँगै चासो नदिँदा कर्णाली प्रदेशमा तय दशौं खेलकुद हुन सकेको थिएन । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा वार्षिक कार्य सम्पादनको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री चौधरीले समयमा नै पूर्वाधार निर्माण हुन नसक्दा दशौं राष्ट्रिय खेलकुद गर्न नसकिएको दाबी गर्दै अबको एक अध्ययन समिति बनाएर अनुकुल समयमा आयोजना गर्ने बताएका छन् । सकेसम्म छिटै राष्ट्रिय खेलकुद आयोजना गर्न आफू तयार रहेको दाबी मन्त्री चौधरी छ ।

मन्त्री चौधरीले आफ्नो वार्षिक कार्य सम्पादनको प्रगति विवरणमा अधिकांश विवादका घटना र आगामी दिनमा काम गर्ने योजना मात्र समावेश छन् । उहाँले सार्वजनिक गरेको विवरणमा अधिकांश विवादका घटना उल्लेख गर्नुभयो । खेलकुदमन्त्री चौधरीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १२२ औं बोर्ड बैठकले सात वटा संघको विघटन गरी तदर्थ कमिटी बनाइएको थियो । त्यसमध्ये पाँच वटा संघको निर्वाचन भएको र एउटाको अदालतमा मुद्दा चलिरहेको मन्त्री चौधरीको भनाइ छ । अदालतको आदेशविपरित निर्वाचन गरेको नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमिति अवैधानिक रहेको र त्यो कमिटीले गैरकानूनी रूपमा नेपालमा काम भइरहेको बताउनु भयो ।

अब छिटै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) लाई पत्रकार गर्दै नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी गठन गर्ने प्रक्रिया अगाडि बढाइने मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।  २०औं एशियाली खेलकुद र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि तदर्थ कमिटीबाट काम अगाडि बढाउने उहाँको दाबी छ । उनले एनओसीको एउटा बैंकको खाता रोकिएको र व्यक्तिगत कामभन्दा बाहेक एनओसीको कार्यक्रममा सहभागी हुनबाट रोकेको उल्लेख गर्नुभयो । मन्त्री चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) को कानुन सम्मत रूपमा आयोजना होस् भन्ने मात्र आफ्नो चाहना रहेको र त्यसको आयोजना रोक्न आफूले कुनैपनि गतिविधि नगरेको स्पष्ट पार्नुभयो ।

एनपिएलमा भ्रष्टचार भएको विषयमा अख्तियारमा उजुरी परेको र त्यस विषयका बारेमा आफूले नेपाल क्रिकेट संघ (क्यान) सँग आवश्यक कागजात माग गरे पनि उपलब्ध नगराएको मन्त्री चौधरीले दाबी गरेका छन् । एनपिएलमा भ्रष्टाचार भएको विषयमा छानबिन समिति गठन गरिएको र त्यो समितिले छिटै प्रतिवेदन पेस गर्ने मन्त्री चौधरीको भनाइ छ । उनले खेलकुद परिषद्ले आन्तरिक रूपमा गर्ने आम्दानीलाई पारदर्शी बनाउन निर्देशन भएको बताउनु भयो ।  राष्ट्रिय एन्टी डोपिङ एजेन्सीलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना रहेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।