३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ ।

शुक्रवार मन्त्रालयमा आफूले एक वर्षमा गरेका कामहरु र आागमी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले यस्तो बताउनुभएको हो ।

उहाँकाअनुसार सरकारले भक्तपुर जिल्लामा ५० हजार सिट क्षमता भएको फुटबल रंगशाला निर्माणको कार्य अघि बढाएको छ । अन्तर्राष्ट्रिय भलिबल कवर्डहल निर्माणका लागि काठमाडौं उपत्यकाभित्र जग्गा प्राप्तिको काम भइरहेको बताउनु भयो । सरकारले दोलखा, मुस्ताङ, जुम्ला र सोलुखुम्बुमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण कार्य अघि बढाएको पनि बताउनु भयो । मन्त्री चौधरीले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि, २०८२ को मस्यौदा तयारी भएको बताउनु भयो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारी संस्थामार्फत युवालाई स्वरोजगार बनाउन प्रवाह गरिएको ऋणमध्ये असुल गर्न बाँकी रहेको ऋण गत आर्थिक वर्षमा १ अर्ब ३१ करोड १४ लाख रुपैयाँ असुल गरेको जानकारी दिनुभयो ।

मन्त्री चौधरीकाअनुसार गत आर्थिक वर्षमा मन्त्रालयको पुँजीगततर्फ ५१ करोड ८८ लाख ३५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये ३८ करोड ६० लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा ७४.४२ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको छ ।