२२ भाद्र २०८३, सोमबार
,
Latest
रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद महासंघको निष्कर्ष: एमाले नेतृत्वमा अध्यक्ष ओलीको विकल्प छैन



अ+ अ-

काठमाडाैं । नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघको नवौँ केन्द्रीय पदाधिकारी बैठकले एमाले नेतृत्वमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

महासंघको केन्द्रीय कार्यलय मध्यबानेश्वरमा बसेको केन्द्रीय पदाधिकारी बैठकले  ‘समृद्ध नेपाल,सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न  केपी ओलीकै नेतृत्व आवश्यक भएकाे निष्कर्ष निकालेकाे हाे । समकालीन नेपाली राजनीति एमाले बिना र एमाले नेतृत्व ओली बिना पूरा नहुने भन्दै पार्टीको नवौँ केन्द्रीय बैठकले जारी गरेको अन्तरपार्टी निर्देशनलाई अनिवार्य कार्यान्वयन गर्न तल्लो तहसम्म सर्कुलर गर्ने निर्णय बैठकले गरेकाे छ ।

महासङ्घको अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय खेलकुद ऐन सम्बन्धमा महासङ्घको धारणा निर्माण गर्न उपाध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्सीय अध्ययन उप-समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले महासंघको दोस्रो केन्द्रीय सचिवालय बैठक भदौ २२ गते काठमाडौंमा र पाँचौ केन्द्रीय कमिटी बैठक भदौ १३ गते काठमाडाैंमा नै गर्ने निर्णय गरेको महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्वल सुवेदीले जानकारी दिनु भयो ।

सुवेदीले बैठकले महासंघ स्थापना  दिवसको अवसर पारेर मङ्सिर १४ गते विभिन्न घटक खेल संघको आयोजनामा बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने एवम् सम्पूर्ण मातहतका कमिटीलाई अनिवार्य रूपमा न्यूनतम एक खेलकुद प्रतियोगिता आयोजना गर्न निर्देशन दिइएको जानकारी  दिनुभयाे ।

महासंघका अध्यक्ष बस्नेतले केन्द्रीय पदाधिकारी बैठक पश्चात् महासंघ पदाधिकारी, एमाले केन्द्रीय कमिटी सदस्य तथा महासंघ इञ्चार्ज जगन्नाथ  थपलिया र बागमती अध्यक्ष कैलाश ढुङ्गेल सम्मिलित टोलीले बैठकका निर्णयहरू र महासंघका गतिविधि सम्बन्धका विषयहरू बारेमा एमाले अध्यक्ष ओलीलाई जानकारी गराएको बताउनु भयो ।

 




भर्खरै