२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी कोषले ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ कार्यक्रम गर्ने, पूर्वराजा ज्ञानेन्द्र पनि कार्यक्रममा सहभागी हुने



अ+ अ-

काठमाडौं । सामाजिक क्षेत्रमा काम गर्दै आएको हिमानी कोषले इन्टरनेसनल क्लबसँगको सहकार्यमा युवालाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम गर्ने भएको छ ।

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम भोलि सानेपास्थित इन्टरनेसनल क्लबमा हुनेछ ।

कार्यक्रमको मुख्य उद्देश्य आफ्नो मातृभूमिप्रति दायित्वबोध गरी नेपालमै केही गर्न चाहने युवाहरूलाई सल्लाह, सुझाव र अवसर प्रदान गर्नु रहेको कोषकी सदस्य–सचिव शुभेच्छा शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उहाँले विदेशबाट फर्किएका वा स्वदेशमै रहेर उद्यम, व्यवसाय गर्न चाहने नव–उद्यमीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभएको छ ।

कार्यक्रमको महत्वपूर्ण पक्ष नयाँ उद्यमीलाई आर्थिक सहायता प्रदान गर्न ‘माइक्रो–सिडिङ रिभल्भिङ फन्ड’ (लघु–बीज घुम्ती कोष) को स्थापना गर्ने लक्ष्य राखिएको छ । यो कोषमार्फत् युवा उद्यमीहरूलाई आफ्नो व्यवसाय सुरु गर्न प्रारम्भिक पुँजी उपलब्ध गराइने कोषले जनाएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार कार्यक्रममा विभिन्न क्षेत्रका स्थापित उद्योगी–व्यवसायीहरूको सहभागिता रहनेछ । साथै, सहभागीहरूका लागि विभिन्न व्यावसायिक स्टलहरू र मनोरञ्जनात्मक खेलहरूको समेत आयोजना गरिनेछ ।

कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह, कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाह लगायत पूर्व राजपरिवारका अन्य सदस्यहरूको पनि सहभागिता रहने बताइएको छ ।