३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आयोः सांसद जोशी



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जाशीले भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधवारको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद जोशीले यस्तो टिप्पणी गर्नुभएको हो ।

विधेयक स्पष्ट रुपमा नआउँदा भूमिहिनको नाममा बिचौलियाहरूले घुसपैठ गर्नसक्ने खतरा रहेको भन्दै सांसद जोशीले विधेयकलाई अझै स्पष्ट बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले संविधानले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाईलाई भूमि उपलब्ध गराउने कुरा स्पष् रुपमा भनेको भएपनि कार्यान्वयन गर्न नसकिएको बताउनु भयो । भूमिहिनलाई जग्गा उपलब्ध गराउने कुरामा सबै गम्भीर हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले नै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन देउ भनेको छ । तर वास्तवित पीडितले यो अधिकारबाट वञ्चित भएको अवस्था छ । अहिले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको नाममा बिचौलियाले फाइदा उठाउने हुन कि भन्ने चिन्ता छ । त्यसकारण यसमा हामी सबै गम्भीर हुन जरुरी छ । यसको लागि भूमिहिन दलित र सुकुम्वासीको बारेमा कानूनमा स्पष्ट व्यवस्था गरौं । अव्यवस्थित बसोबासीको व्यवस्थापनक लागि के गर्ने भन्ने बारे सबै दलहरुको बीचमा सहमति गर्न आवश्यक छ । यदि उनीहरुले धेरै जग्गा ओगटेको छ भने पनि त्यसलाई पनि हेर्नुपर्छ । तर अव्यवस्थिच बसोबासीको नाममा घुसपैठ हुनुहुदैन । यसमा म सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।’

भूमिहिनलाई जग्गा उपलब्ध गराउने कुराको सुनिश्चितता गर्नेगरी विधेयक आउनुपर्नेमा सांसद जोशीले सरकारको ध्यानाकर्षण गराउनु भयो ।