१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आयोः सांसद जोशी

भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आयोः सांसद जोशी
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जाशीले भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधवारको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद जोशीले यस्तो टिप्पणी गर्नुभएको हो ।

विधेयक स्पष्ट रुपमा नआउँदा भूमिहिनको नाममा बिचौलियाहरूले घुसपैठ गर्नसक्ने खतरा रहेको भन्दै सांसद जोशीले विधेयकलाई अझै स्पष्ट बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले संविधानले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाईलाई भूमि उपलब्ध गराउने कुरा स्पष् रुपमा भनेको भएपनि कार्यान्वयन गर्न नसकिएको बताउनु भयो । भूमिहिनलाई जग्गा उपलब्ध गराउने कुरामा सबै गम्भीर हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले नै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन देउ भनेको छ । तर वास्तवित पीडितले यो अधिकारबाट वञ्चित भएको अवस्था छ । अहिले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको नाममा बिचौलियाले फाइदा उठाउने हुन कि भन्ने चिन्ता छ । त्यसकारण यसमा हामी सबै गम्भीर हुन जरुरी छ । यसको लागि भूमिहिन दलित र सुकुम्वासीको बारेमा कानूनमा स्पष्ट व्यवस्था गरौं । अव्यवस्थित बसोबासीको व्यवस्थापनक लागि के गर्ने भन्ने बारे सबै दलहरुको बीचमा सहमति गर्न आवश्यक छ । यदि उनीहरुले धेरै जग्गा ओगटेको छ भने पनि त्यसलाई पनि हेर्नुपर्छ । तर अव्यवस्थिच बसोबासीको नाममा घुसपैठ हुनुहुदैन । यसमा म सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।’

भूमिहिनलाई जग्गा उपलब्ध गराउने कुराको सुनिश्चितता गर्नेगरी विधेयक आउनुपर्नेमा सांसद जोशीले सरकारको ध्यानाकर्षण गराउनु भयो ।