२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासी वर्गीकरणको झन्झटिलो प्रक्रिया सच्याउन विज्ञको सुझाव

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासी वर्गीकरणको झन्झटिलो प्रक्रिया सच्याउन विज्ञको सुझाव
अ अ+ अ-

काठमाडौँ । भूमिहीन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीबीरुको वर्गीकरणमा देखिएको समस्या समाधान गर्न विज्ञहरुले सुझाव दिनुभएको छ । रो

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवार बसेको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै भूमि विज्ञहरुले यस्तो सुझाव दिनुभएको हो ।

भूमिहीनको वर्गीकरण र प्रमाणिकरणको प्रक्रिया झन्झटिलो भएको उहाँहरुको भनाइ छ । भूमिविज्ञ धर्मराज जोशीले केही फारमहरूको अध्ययन भूमिहीनले अव्यवस्थित बसोबासीको फारम भरेको पाइएको भन्दै यसलाई सच्याउन माग गर्नुभयो । उहाँले भूमिहीनलाई न्यूनतम कति जग्गा उपलब्ध गराउने भन्ने मापदण्डसमेत स्पष्ट नभएको भन्दै त्यसको लागि स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले भूमिहीनको फारमहरुको अध्ययन गर्दाखेरी यसको क्याटेगोरीमै समस्या छ । जतिपनि अहिले फारमहरु आएका छन् । यीनलाई हामीले प्रमाणिकरण वा निक्र्यौल गर्न सकिरहेका छैनौं । कतिपय अवस्थामा भूमिहीनको फारम भर्नुपर्ने मान्छेले अव्यवस्थित बसोबासीको फारम भरेको छ । अव्यवस्थितको भूमिहिनको फारम भरेको अवस्था छ । यो प्राविधिक समस्याको पनि समाधान खोज्नुपर्छ । न्युनतम कति जग्गा प्राप्त गर्ने हो लगायतका विषयमा पनि सच्याउन जरुरी छ ।’

छलफलमा बोल्दै भूमिविज्ञ जगत देउजाले भूमिहीनको समस्या समाधान गर्नेगरी विधेयक आउनुपर्ने माग गर्नुभयो । भूमिसम्बन्धी विगतमा बनेका आयोगहरुको असफलताका कारण आम नागरिकमा नकारात्मकता उत्पन्न भएको भन्दै यसमा गम्भीर हुन उहाँले समितिको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो विधेयक समाजमा रहेका भूमिपीडितको न्यायसँग जोडिएको विषय हो । जुन वर्ग अझै संगठित भइसकेको छैन । यो वर्गको आवाज पनि माननीय सदस्यज्यूहरु नै हो । उहाँहरु शिक्षक भइदिएको भए । यतिखेर उनीहरु पनि आन्दोलनमा आउँथे होलान् । तर उनीहरु संगठित नभएको हुनाले आउन सकिरहेको अवस्था छैन । सुकुम्बासी आयोगहरुको हिजोको असफलताका कारण ति आयोगहरुलाई हेर्ने हाम्रो दृष्टिकोणमा निकै नकारात्मकता आइसकेको रहेछ । अब हामीले फरक तरिकाबाट सोच्न जरुरी छ । कुनैकुनै कानूनहरु निर्माण हुँदा पनि कार्यान्वयनमा समस्या हुुँदा पगि गाह्रो भइरहेको छ ।’

उहाँले कानुन बने पनि कार्यान्वयनमै समस्या देखिएको विगतको अनुभव दोहोरिन नदिन सरकार र सांसदहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो ।-