२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह

एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनु भयो । वर्तमान सरकारले ६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर अघि बढेको बताउनु भयो । गत निर्वाचन सकिनासाथ सरकारमा नहुँदा काँग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न पनि सचेत गराउनु भयो । आफूहरु मन्त्री, उपप्रधानमन्त्री र सांसद बन्छु भनेर त्यसबेला पार्टीमा आवद्ध भइ आन्दोलनमा नहोमिएको बताउनु भयो । आन्दोलनमार्फत आफूहरुले जनताको अधिकार पुनःवहाली गरेको बताउनु भयो । उहाँले अबको काम प्राप्त अधिकारलाई सुरक्षित गर्नु रहेको पनि बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘हामी जनतालाई अधिकार दिनका लागि राजनीतिमा आएको हो । केही प्राप्त होला, उपप्रधानमन्त्री, मन्त्री, सांसद बनौँला भनेर पार्टीमा लागेको होइन । जनताको अधिकार खोसिएको छ, त्यसको पुनःवहाली गर्न ज्यान समर्पण गर्नपरे पनि गर्ने भनेर राजनीतिमा लागेका हौँ । हामीले पार्टीलाई अझ व्यवस्थित गर्नको लागि के नै गुमाउनुपरेको छ र ? जेल जानुपर्छ ? पहिला त जेल जानुपर्ने, पुलिसको लाठी खानुपर्ने, निर्वासित जीवन बिताउनुपर्ने, परिवारसँग अलग भएर बस्नुपर्ने, परिवारको अवस्था नाजुक हुने थियो । त्यो सबै चुनौतिको सामना गरेर हामीले अधिकारका लागि लडेका हौँ । अब तपाईं हाम्रो काँधमा प्राप्त अधिकारलाई सुरक्षित गर्न नेपाल्ी काँग्रेस पार्टीको नेतृत्व अघि बढ्दा राम्रो हुन्छ । सरकारमा गएर के न भयो भन्छ । सरकारमा निर्वाचन सकिनासाथ काँग्रेस सरकारमा जान नपाउँदा के भएको थियो भन्ने ति दिनहरु सम्झना गरौँ । सरकारमा खालि सत्तामा जान, मन्त्री, उपप्रधानमन्त्री हुन मात्रै गएका होइनौँ । सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आँकलन नगरौँ । राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर अरु दलहरुलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको छ । नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो । जनताले के भन्न थाले भने सरकारको बनेदेखि दिनगन्ती शुरु हुन्छ । जनताका विषयमा सरकारले के काम गर्दछ ? भन्न थाले । स्थिरता र स्थायित्व चाहियो भनेपछि अहिलेको गबठन्धनको आवश्यकता भएर बनेको हो । ’

उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताउनु भयो । काँग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने बताउनु भयो । काँग्रेसलाई चुनौतिको सामना गर्नसक्ने बनाउनु बाहेकको उद्देश्य आफूमा नरहेको बताउनु भयो ।