२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

मानव बेचबिखनको उजुरी नै कम, पीडितहरु अझै पनि मौन

मानव बेचबिखनको उजुरी नै कम, पीडितहरु अझै पनि मौन
अ अ+ अ-

काठमाडौं: नेपालमा मानव बेचबिखन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ। प्रविधिको विकाससँगै यसको स्वरुप र गन्तव्य बदलिँदै गइरहेको भए पनि प्रभावकारी नियन्त्रण संयन्त्रको अभावका कारण यसको नियन्त्रणमा कठिनाइ भइरहेको छ।

विशेषज्ञहरूका अनुसार मानव बेचबिखन नियन्त्रणको प्रयासलाई सामाजिक लाञ्छना, विभेद र पीडकको धम्कीले थप जटिल बनाइरहेको छ। पीडितहरूले उजुरी नदिने प्रवृत्तिले पनि वास्तविक अवस्था सार्वजनिक हुन नपाएको गुनासो छ।

मानव बेचबिखन प्रायः स्वदेश तथा वैदेशिक रोजगारीको आवरणमा हुने गरेको छ। पीडितले उजुरी गरे पनि प्रायः ठगी मुद्दा दर्ता हुने भएकाले बेचबिखनकर्ताहरू सजिलै उन्मुक्ति पाउँछन्। यसले अभियोजन प्रक्रिया कमजोर बनाएको छ भने तथ्याङ्कमा पनि ठूला खाडल देखिएको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र १३५ वटा मुद्दा दर्ता भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगका अनुसार १९ लाखभन्दा बढी नेपाली नागरिक बेचबिखनको जोखिममा छन्।

२०७६/७७ देखि २०८१/८२ सम्मको अवधिमा ३४५ मुद्दा दर्ता हुँदा मात्र ४३४ जना पीडित पहिचान भएका छन्। तीमध्ये २६५ महिला, ७४ बालिका, ९३ पुरुष र २ बालक रहेका छन्। यस्तै, पक्राउ परेका ३१७ मध्ये ८० महिला र २३४ पुरुष छन् भने ५२५ फरार प्रतिवादीमध्ये १६८ महिला र ३५७ पुरुष छन्।

महिला तथा बालिकाहरु अझै पनि उच्च जोखिममा रहेको तथ्यांकले देखाउँछ। साथै, धेरै प्रतिवादी फरार रहेकाले न्याय प्रवाहमा बाधा आइरहेको छ।

यस समस्याको समाधानका लागि प्रस्तावित ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४’ लाई संशोधन गर्न बनेको विधेयक २०८१ तत्काल पारित गर्न विज्ञहरूको माग छ। साथै, अनुसन्धान तथा अभियोजन संयन्त्र सुदृढ गर्दै अन्तर्राष्ट्रिय समन्वय, सीमा निगरानी र मानव स्रोत परिचालनको आवश्यकता औँल्याइएको छ।

मानव बेचबिखन प्रभावित क्षेत्रमा सचेतना अभियान, उद्धार तथा पुनःस्थापनाका लागि विशेष कार्यक्रम तथा बजेटको व्यवस्था, प्रदेशस्तरीय कार्ययोजना निर्माण, शिक्षा, सीप विकास र रोजगारी सिर्जनामा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने विज्ञहरूको भनाइ छ।

यस्तै, शान्ति फाउण्डेशनजस्ता संस्थाहरूले एचआईभी संक्रमित तथा मानव बेचबिखन प्रभावित महिलाको संरक्षण, उद्धार र सशक्तीकरणमा उल्लेखनीय भूमिका खेल्दै आएका छन्। कानुनी सहायता, नीति निर्माणमा सहयोग र जनचेतनामूलक कार्यक्रममार्फत पीडितको जीवनस्तर उकास्ने काम संस्थाले गर्दै आएको छ।