३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्म नलाग्ने र विदेश पलायन हुने क्रम बढिरहेको बताउनु भयो । उहाँले पहाडमा जमिनहरु खाली हुने, खेती नगर्ने तर युवाहरु काम भएन भनेर विदेश जाने क्रम बढेको बताउनु भयो । उनीहरुलाई कृषि कर्ममा लगाउनसके धेरैले स्वदेशमै रोजगारी पाउने बताउनु भयो ।

नेपालमा जनसंख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्नसक्ने क्षेत्र कृषि नै रहेको भन्दै यसले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्नसक्ने बताउनु भयो । कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन नसकिरहेको बताउनु भयो । नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्नेकुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्ने बताउनु भयो । कुनैपनि मुलुकलाई समृद्ध बनाउन कृषि महत्वपूर्ण माध्यम रहेको उल्लेख गर्नुभयो । कृषिको विकासले नै समृद्धिको आधारशिला निर्माण गर्ने जिकिर गर्नुभयो । औद्योगिक, पर्यटन, सामाजिक, सेवा क्षेत्रको लगायका सबै क्षेत्रको विकासका लागि कृषि क्षेत्रको रुपान्तरण आवश्यक रहेको बताउनु भयो । बहुसंख्यक जनंख्या जोडिएको कृषि क्षेत्रलाई रुपान्तरण गर्न नसके नेपालको आर्थिक विकास चुनौतिपूर्ण बन्ने बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा एक किसिमको समस्या उत्पन्न हुन थालेको छ । खासगरी पहाडमा जमिनहरु बाँझै रहने र युवाहरु रोजगारीको लागि विदेशिनुपर्ने जुन प्रकारको अवस्था छ, त्यसलाई बदल्ने संकल्प पनि हामीले गर्न सक्नुपर्दछ । किनभने नेपालमा जनसंख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्नसक्ने क्षेत्र भनेकै कृषि क्षेत्र हो । झन्डै यसले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्ने खालको काम गर्दै आएको थियो । हाम्रो समाजमा कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन सकिरहेका छैनन् । अब हामीले नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्नेकुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्दछ । कुनैपनि मुलुकलाई समृद्ध बनाउने हो भने कृषि महत्वपूर्ण माध्यम हो । कृषिको विकासले नै समृद्धिको आधारशिला निर्माण गर्दछ । औद्योगिक, पर्यटन, सामाजिक, सेवा क्षेत्रको विकास ति सबै क्षेत्रको विकासका लागि कृषि क्षेत्रको रुपान्तरण आवश्यक छ । बहुसंख्यक जनंख्या जोडिएको कृषि क्षेत्रलाई रुपान्तरण गर्न सकिएन भने नेपालको आर्थिक विकास चुनौतिपूर्ण बन्दछ । ’

महासचिव पोखरेलले प्रविधिले जतिसुकै फड्को मारे पनि अन्नको उपलब्धता नभएसम्म मानिसको जीवन कष्टकर बन्ने बताउनु भयो । मानिसको जीवन निर्वाहका लागि अन्न अनिवार्य रहेको बताउनु भयो । राष्ट्र निर्माणमा युवालाई जोड्न जरुरी रहेको बताउनु भयो । महासचिव पोखरेलले मधेस प्रदेश सुख्खाग्रस्त बनेको भन्दै सरकारले विभिन्न योजनासहित काम गरिरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल