२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् हेरफेरको तयारी, आज ओली र देउवाबीच छलफल



file photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् फेरबदलको तयारी गर्नुभएको छ । मन्त्री फेर्ने विषयमा प्रधानमन्त्री ओलीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुहुने भएको हो ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच हुने भनिएको छलफलको समय निर्धारण भइसकेको छैन । सम्भवत: दिउँसो आज छलफल हुने बताइएको छ ।

अहिले सरकारमा रहेका धेरै जसो मन्त्रीको कार्यसम्पादनप्रति प्रधानमन्त्री ओली सन्तुष्ट हुनुहुन्न । यसअघि नै उहाँले केही मन्त्री फेर्ने कसरत गर्नुभएको थियो । तर कांग्रेस सभापति देउवाको अनिच्छाले मन्त्रिपरिषद् हेरफेर भएको थिएन ।

प्रधानमन्त्री ओलीले आफ्नो दल एमालेका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्री हेरफेरको मनस्थिति बनाउनुभएको छ । यही एजेन्डासहित उहाँले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लाग्नुभएको हो ।

औसतभन्दा कमजोर कार्यसम्पादन, विवादका शृंखला, सत्ता साझेदारका सरोकार, अनि आफ्नै दलभित्र पछिल्ला दिनमा देखिएको गुटगत चलखेलका आधारमा प्रधानमन्त्री मन्त्री फेर्नु हुने छ ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत केही मन्त्री परिवर्तन गर्नुहुने छैन । बाँकी मन्त्रीप्रति भने फेरिन सक्ने स्रोतको दाबी छ ।