२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु

भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु
eQmk'/, !$ ;fpg M jfudlt k|b]zsf :jf:Yo dGqL ls/0f yfkf cfh a'waf/ lduf}{nfsf lj/fdLx?nfO{ ;xh / lgMz'Ns ;]jf pknAw u/fpg] pb]Zon] eQmk'/ c:ktfndf kfFr zoofsf 8fonfl;; ;]jfsf] pb3f6g ub}{ . tl:k/ M /d]z lu/L, /f;;
अ अ+ अ-

भक्तपुर।  मिर्गौलाका बिरामीलाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्यले भक्तपुर अस्पतालमा आजदेखि डायलासिस सेवा शुभारम्भ गरिएको छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले डायलासिस सेवाको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा डायलासिस सेवा बिस्तार गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेसिनमध्ये भक्तपुर अस्पतालमा पाँच शय्याको डाइलासिस सेवा शुभारम्भ गरिएको उहाँले बताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो, “बागमती प्रदेशले रसुवा र काठमाडौँको टोखा अस्पतालबाहेक अरु ११ जिल्लाका अस्पतालमा प्रदेशस्तरीय डायलासिस सेवा सुरू गरेका छाँै, बाँकीमा पनि केही दिनमा शुभारम्भ गर्नेछौँ ।”

उहाँले मन्त्रालयले १३ जिल्लाका सबै प्रदेशस्तरीय अस्पतालमा विशेषज्ञ सेवा सुरु गरेको बताउँदै त्यसका लागि थप जनशक्ति प्रदेश सरकारले व्यवस्थापन गर्ने बताउनुभयो ।

भक्तपुर अस्पताललाई नयाँ भवन निर्माणका लागि यस वर्ष मन्त्रालयले रु तीन करोड बजेटको व्यवस्था गरेको र थप बजेटका लागि दाता खोजिरहेको बताउँदै मन्त्री थापाले पाँच वर्षभित्र नयाँ भवन निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमले न्यूनतम सेवा मापदण्डअनुसार ‘बी’ ग्रेडका अस्पतालमध्ये देशकै सर्वोत्कृष्ट अस्पताल बनेको भक्तपुर अस्पताल प्रदेशले गर्व गर्न लायक अस्पतालको रूपमा विकास भइरहेको बताउनुभयो ।

उहाँले अहिले पनि ७१ प्रतिशत मानिस नसर्ने रोगका कारण मृत्यु हुने गरेको बताउँदै रोगै लाग्न नदिन सामाजिक चेतनाका अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको नर्सिङ तथा सामाजिक सुरक्षा विभागले सूचीकृत गरी अनुमति दिएसँगै डायलासिस सेवा सुरू गरिएको बताउनुभयो । विभागले निःशुल्क सेवाको सुविधा दिएपछि विपन्न र गरिब बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराउने उहाँको भनाइ छ ।

उहाँले हाल दैनिक तीन सिफ्टमा चार जनाको दरले १२ जनालाई सेवा दिने र एक मेसिन आकस्मिक बिरामीका लागि राखिने जानकारी गराउनुभयो । रासस