२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

नेपालको जलवायु न्यायको विषयलाई अन्तरराष्ट्रिय जगतमा उठाइरहेका छौँ: मन्त्री देउवा

नेपालको जलवायु न्यायको विषयलाई अन्तरराष्ट्रिय जगतमा उठाइरहेका छौँ: मन्त्री देउवा
अ अ+ अ-

गण्डकी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले अन्तरराष्ट्रिय जगत्मा जलवायु न्यायको विषयलाई सशक्त ढङ्गले उठाउँदै आएको बताउनुभएको छ । नेपाल तरुण दल कास्कीद्वारा आज पोखरामा आयोजित ‘नेपालको परराष्ट्रनीति, जलवायु परिवर्तन एवं तरुण युवाहरुको सरोकार विषयक संवाद कार्यक्रम’मा उहाँले नेपाललाई जलवायुजन्य हानिनोक्सानीसम्बन्धी अन्तरराष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने धारणा राख्नुभयो ।

सो विषयमा हालै अन्तरराष्ट्रिय न्यायिक अदालतमा समेत नेपालका पक्षबाट आफूले आवाज उठाएको उल्लेख गर्दै मन्त्री देउवाले विकसित देशले गरिरहेको कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले भोग्नुपरिरहेको बताउनुभयो । “हामीलाई हानिनोक्सानी कोष दिनुपर्ने, बाढीपहिरोले भत्केका पुल, विद्यालयजस्ता भौतिक संरचना बनाइदिनुपर्ने विषयमा जोडका साथ उठाएका छौँ”, उहाँले भन्नुभयो, “नेपालले पनि कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्छ, अहिले रहेको ४५ प्रतिशत वन क्षेत्रलाई अझ बढाउन वृक्षरोपण अभियान सञ्चालन गर्नुपर्छ ।”

उहाँले जलवायु परिवर्तनले ठूलो चुनौती निम्ताएको जनाउँदै यसको जोखिम न्यूनीकरणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तनले पारेका असरबारे जनगुनासो धेरै आउने गरेको मन्त्री देउवाको भनाइ छ । जलवायु परिवर्तनको असरबाट आउने पिँढीलाई बचाउन वृक्षरोपण गर्नुपर्ने, प्लाष्टिकको प्रयोग कम गर्नुपर्ने, विद्युतीय गाडी तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उहाँले बताउनुभयो । मन्त्री देउवाले नेपाल भूराजीतिक हिसाबले संवेदनशील र रणनीतिक महत्वको भूगोलमा रहेको बताउनुभयो ।

स्थिर परराष्ट्र नीतिका कारण नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता विश्वमाझ स्थापित बनेको उहाँको भनाइ छ । “नेपालको आफ्नै परराष्ट्र नीति छ, विश्व समुदायमा आफ्नै पहिचान छ, यसलाई विगतदेखि नै हामीले कायम गर्दै आएका छौँ, यो हामी सबैको गौरवको विषय हो”, मन्त्री देउवाले भन्नुभयो, “हाम्रो कूटनीति र अन्तरराष्ट्रिय सम्बन्धका कारण विदेशी मुलुकहरुले नेपाललाई उच्च सम्मान दिने गरेका छन् ।”

कार्यक्रममा राष्ट्रियसभा सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले तरुण दलका सबै तहका अधिवेशन समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले सरकार गठनका बेला कांग्रेस र नेकपा ९एमाले०बीच भएको सात बुँदे सम्झौता कार्यान्वयनमा जोड दिनुभयो । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले विपद्का बेला राहत तथा उद्धारमा खट्न तरुण दलका सदस्यलाई आग्रह गर्नुभयो ।