५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एएफसी यु–२० महिला एशियन कपमा छनोट हुन्छौं– प्रशिक्षक गुरुङ

एएफसी यु–२० महिला एशियन कपमा छनोट हुन्छौं– प्रशिक्षक गुरुङ
अ+ अ-

काठमाडौँ । नेपाली यु–२० महिला टोलीले एएफसी यु–२० महिला एशियन कप क्वालिफिकेसनमा समूहको शिर्ष स्थानमा रहने लक्ष्य राखेको छ ।

एएफसी यु–२० महिला एसियन कप क्वालिफिकेसनमा समूह ‘ए’ को खेल आगामी साउन २१ गतेदेखि भूटानमा शुरु हुँदैछ । एक वर्षअगाडि फिफा यु–२० महिला विश्वकप विजेता उत्तर कोरिया पनि यसै समूह ‘ए’ मा छ । तर नेपाली टोलीका प्रशिक्षक याम गुरुङले विपक्षी टोली बलियो छ भनेर नसोच्ने र आफ्नो खेलअनुरूप खेल्ने विश्वास व्यक्त गरेका छन् । पछिल्लो प्रतियोगितामा भएको गल्ती सुधार गर्दै एसियन कपमा छनोट हुने लक्ष्य रहेको बताएका छन् । उनले साफ यु–२० महिला च्याम्पियनसिपमा डिफेन्समा देखिएको समस्या सुधार गरिएको उल्लेख गर्दै उत्तर कोरियालाई बराबरीमा रोक्दै अन्य अगाडि बढ्ने लक्ष्य रहेको बताएका छन् ।

उत्तर कोरियाविरुद्ध रक्षात्मक बन्दै काउन्टर अट्याकको रणनीतिका साथ खेल्ने प्रशिक्षक गुरुङको विश्वास छ । बंगलादेशमा सम्पन्न साफमा लगातार खेलका कारण खेलाडीहरू थकित देखिएको उल्लेख गर्दै प्रशिक्षक गुरुङले स्वदेश फर्किएपछि उनीहरूलाई ६ दिन आराम गर्ने समय दिएको बताए । डिफेन्स र मिडफिल्डबीच तालमेल अभावलाई सुधार गरिएको उनले बताएका छन् । साथै प्रशिक्षक गुरुङले केही गोल गोलकिपरको गल्तीका कारण बेहोर्नुपरेकाले त्यस पक्षमा काम गरिएको उल्लेख गरे । विपक्षी टोलीलाई विश्वकप च्याम्पियन या एशियन कप च्याम्पियनका रूपमा सोचेर नखेल्ने र टोलीले आफ्नो तयारीअनुरूप सजक भएर खेल्ने प्रशिक्षक गुरुङ बताउँछन् । उनले टोलीमा कुनै पनि खेलाडी चोटमा नहुनु सुखद पक्ष रहेको उल्लेख गरेका छन् ।

यस समूहमा नेपाल र उत्तर कोरियासँगै आयोजक भुटान र साउदी अरेबिया छन् । नेपाली टोलीका कप्तान बिर्सना चौधरीले उच्च आत्मबलका साथ खेल्दै एएफसी एसियन कपमा छनोट भएर आउने विश्वास व्यक्त गरेका छन् । डिफेन्स र मिडफिल्डमा धेरै काम गर्नुपर्ने हुँदा त्यसमा सुधार गरिएको उल्लेख गर्दै कप्तान बिर्सनाले अप्रपंक्तीमा राम्रो गरिरहेको बताइन् । फिल्ड राम्रो खेल्दै टोलीको सुधार देखाउने उनको अपेक्षा छ । बंगलादेशमा भएको हार बिर्सेर अगाडि बढ्ने कप्तान तथा मिडफिल्डर बिर्सना बताउँछिन् ।

प्रशिक्षक गुरुङले साफ खेलेको टोलीबाट एक खेलाडी मात्र परिवर्तन गरेका छन् । झुमा विश्वकर्माको स्थानमा सजिना स्याङ्तानलाई टोलीमा बोलाइएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्यक्रमकबीच एन्फाले बुधबार नेपाली टोलीलाई बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई र अनिल मल्ललगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङले उच्च आत्मबलका साथ खेल्न आग्रह गरे ।

महासचिव राईले पछिल्ला खराब नतिजा बिर्सेर बिना डर खेल्न आग्रह गर्दै यो टोलीबाट धेरैले आशा राखेको पनि बताए । नेपाली टोली बिहीवार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । साफ यु–२० महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ४–० ले पराजित हुँदा नेपाल उपाधिविमुख भएको थियो । बिर्सना चौधरीको कप्तानीमा रहेको नेपाली टोलीका तीन गोलकिपरमा सुजता तामाङ, लिला जोशी र करुणा बुढाथोकी, डिफेन्डरहरूमा सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिषा राई, सीता रोकाया, मिडफिल्डरमा कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार तथा फरवार्डमा कुसुम खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर छन् ।