३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुमा पनि छुवाछुत कायम छः सांसद आलेमगर



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरुबीचमा छुवाछुत कायम रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले धेरै मानिसहरु जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा नआएको बताउनु भयो । उहाँले नेपालको संरचनागत बनावटका कारण पनि छुवाछुत जस्तो सामाजिक अपराध गर्नेहरु कानूनको दायरामा आउन नसकेको बताउनु भयो । सामाजिक अपराध भनेको जघन्य अपराध भएको उल्लेख गर्दै करोडपति र दलितका बिरुद्ध पनि छुवाछुत कायम रहेको र सांसदहरुमा दलित थाहा पाएपछि धेरै भेदभाव हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धेरै मानिसहरु जातीय छुवाछुत गरेर पनि दण्डित भएका छैनन् । यद्यपि कानूनले वर्जित गरेको छ । तर न्यायाधीशको बनावट, संरचनागत बनावट आदि कुराहरुले पनि जातीय छुवाछुत गर्ने मानिसहरु दण्डित भएका छैनन् । यस्तो अपराधमा दण्डित भएको व्यक्ति नहोस् भनेको न हो । सामाजिक अपराध भनेको जघन्य अपराध हो । करोडपति र दलितका बिरुद्ध पनि छुवाछुत भएकै छ, सांसदका विरुद्ध पनि छुवाछुत भएकै छ । हाम्रो यहाँ सांसदहरु दलित हो भन्ने आधारमा दलित थाहा पाएपछि धेरै भेदभाव छ । यस्तोमा गम्भीर नभएर हुन्छ ।’

समितिको बैठकमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले समाज परिवर्तनमा सबैले भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले छुवाछुतमुक्त समाज बनाउन आफूहरु सबै लागेको उल्लेख गर्नुभयो । अझै पनि छुवाछुतको भावना राख्ने मानिसहरु समाजमा रहेको बताउनु भयो । मन्त्री पन्तले भन्नुभयो, ‘हामी सबै समाज परिवर्तन गर्न लागेका मानिसहरु छौँ । छुवाछुतमुक्त समाज बनाउन लागेका मानिस छौँ । तर हाम्रो समाजको यथार्थता के हो भने अझै पनि छुवाछुतको भावना राख्ने मानिसहरु छन् । हामीले कानून बनाउँदा अपराधहरुलाई पनि क्वालिफाइ गरेका हुन्छौँ । कुन अपराध कुन श्रेणीको हो । नैतिक पतन देखिने भनेको जघन्य अपराध हुन्छन् । सबै अपराध समान श्रेणीका हुँदैनन् ।’

समितिको बैठकमा बुधवार  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो ।