१ भाद्र २०८३, सोमबार
,
Latest
रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा साहसिक पर्यटनको हब: परराष्ट्रमन्त्री देउवा



अ+ अ-

गण्डकी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताउनुभएको छ । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको आज शुभारम्भ कार्यक्रममा उहाँले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गर्नुभयो ।

आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री देउवाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको धारणा राख्नुभयो । पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै उहाँले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा जोड दिनुभयो ।

यहाँ पनि अनावृष्टि र अतिवृष्टिको त्रास बढ्दै गइरहेको बताउँदै मन्त्री देउवाले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्नेगरी सहकार्य र समन्वयमार्फत दिगो विकासमा सबै केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । जैविक विविधताको संरक्षणका लागि नेपालले महत्त्वपूर्ण योगदान गरिरहेको बताउँदै उहाँले पोखरामा सञ्चालित बगैँचा रिसोर्टले यस विषयलाई प्राथमिकतामा राखेको भन्दै प्रशंसा गर्नुभयो ।

“रिसोर्टमार्फ स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देशसमेत दिन खोजिएको छ । विदेशमा गरिने मेहनतले केवल पैसामात्र आर्जन हुने भए पनि यहाँ गरिने मेहनेतले स्वदेशमा योगदानसँगै इज्जत पनि प्राप्त हुन्छ”, मन्त्री देउवाले भन्नुभयो ।

गण्डकी प्रदेशका पूर्वमुख्यमनत्री खगराज अधिकारीले पोखरा प्रकृतिको उपहार भएको बताउनुभयो । नेपालमा आउने पर्यटकमध्ये ६८ प्रतिशत साहसिक पर्यटनको चाहना पोखरा आउने रहेको जनाउँदै उहाँले यही प्रदेशबाट पृथ्वीनारायण शाहले नेपालको एकीकरण, भानुभक्तले भाषाको एकीकरण गर्नुभएको उल्लेख गर्नुभयो ।

अंशुभरा ग्रुपका अध्यक्ष एवं गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले पर्यटन, उद्यमशीलता र रोजगारीका क्षेत्रमा नविनतम सोचका साथ अघि बढिरहेको बताउनुुभयो । अंशुभरा गु्रपका प्रबन्ध निर्देशक सौगात थापाले स्वदेशमा केही गर्नुपर्छ भन्ने सोचका साथ बगैँचा रिर्सोट स्पा सञ्चालनमा ल्याइएको धारणा राख्नुभयो । रासस