२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

कांग्रेस बागमती प्रदेशमा विवाद उत्कर्षमा, मुख्यमन्त्री लामा तीन मन्त्री नियुक्त गर्दै, संसदीय दलको नयाँ नेता पनि आजै

कांग्रेस बागमती प्रदेशमा विवाद उत्कर्षमा, मुख्यमन्त्री लामा तीन मन्त्री नियुक्त गर्दै, संसदीय दलको नयाँ नेता पनि आजै
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको विवाद उत्कर्षमा पुगेको छ । मुख्यमन्त्री बहादुरसिंहलाई हटाउन नेता इन्द्रबहादुर बानियाँले सक्रियता बढाइरहेका छन् । कांग्रेस संसदीय दलको नेताबाट हटिसकेका मुख्यमन्त्री लामाले आज थप तीन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै विश्वास गुमाएका लामाले मन्त्री नियुक्तको तयारी गरेका हुन् । केही बेरमै प्रदेश प्रमुखको कार्यालयमा नाम पठाउने र १० बजेपछि सपथ गराउने तयारी छ ।

बागमतीमा कांग्रेसले सम्हालेको ५ वटा मन्त्रालयमा मन्त्री रिक्त छन् । ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छ ।

मंगलबार संसदीय दलको अविश्वास प्रस्तावको पक्ष–विपक्षमा मतदान हुँदा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाले १५ मत मात्रै पाएका थिए भने उनको विपक्ष २२ मत थियो । कांग्रेसको बागमती प्रदेश सभामा ३७ जना सांसद छन् ।

मुख्यमन्त्री समेत रहेका लामालाई अविश्वासको प्रसाताव गरेर हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएको छ ।

लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार लागेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत ।

अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि लामाले दलको नेताको हैसियत गुमाएका थिए ।

नयाँ नेता चयन गर्न कांग्रेस बागमती प्रदेशले हिजै निर्वाचन समिति गठन गरेको थियो । हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले आज बुधबार नै चुनाव गराउन लागेको हो ।

संयोजक श्रेष्ठले निर्वाचन कार्यतालिका सार्वजनकि गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मतादान हुनेछ । मतदान संसदीय दलको कार्यालय परिसरमै हुनेछ ।

त्यसअघि बिहान ८ बजे मतदाता नामावली प्रकाशन, १० देखि ११ बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

दलको नेताका लागि बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव गर्ने सांसदहरुको पक्षबाछ इन्द्रबहादुर बानियाँ उम्मेदवार हुनेछन् । लामाको पक्षबाट उनी आफैं हुने वा अरुलाई उठाउने भन्ने टुंगो छैन ।

अविश्वासको प्रस्ताव गर्ने सांसदहरूले बानियाँलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर, दलको नेता गुमाए पनि लामाले मुख्यमन्त्री नछोड्ने बताएका छन् ।