काठमाडौंः सनराइज बैंक लिमिटेडले कम्पनीमा कार्यरत सबै कर्मचारीको कोरोनाभाइरस बीमा गराएको छ । कोरोनाभाइरसले देशव्यापी माहामारीको रुप लिइरहेको भन्दै आफ्ना कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै सबैको बीमा गराएको बैंकले जनाएकाे छ ।
बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरुको बीमा गरिएको छ ।
बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत प्रत्येक कर्मचारीहरुको १ लाख रुपैयाँ बराबरको सामुहिक बीमा गराएको हाे । बीमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीहरुमा कोभिड१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ ।
यस बीमा सम्झौताले आफ्ना कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास छ ।
बैंकले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरु समेत उपलब्ध गराउँदै आएको जनाएकाे छ ।