५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिद्वारा निर्माणाधिन त्रिवी क्रिकेट मैदानको स्थलगत अवलोकन



अ+ अ-

काठमाडौँ । संसदीय समितिले निर्माणाधिन त्रिवी क्रिकेट मैदानको स्थलगत अवलोकन गरेको छ ।

सोमवार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेर निर्माणाधिन रंगशालाको स्थलगत अवलोकन गरेको हो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सदस्यहरुले रंगशालाको अवलोकन गर्नुभयो ।

आईतवार बसेको समितिको बैठकले अवलोकन गर्ने निर्णय गरेको थियो । मा यसबारे जानकारी गराएको हो । अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लड लाइट बनाउने काम भइरहेको छ । समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना भइरा अहिले काम भइरहेको छ ।

मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।