२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनको पक्षमा उभियो कांग्रेस, प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव प्रस्तुत गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरि सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टी केन्द्रीय समिति बैठकबाटै निर्णय गराउने भनेपछि १४ गतेका लागि सरकारले संसदमा पेस गर्ने तय भएको संविधान संशोधन प्रस्ताव सरेको थियो ।