२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर–नेपालको नयाँ कार्यसमिति



अ+ अ-

काठमाडौं । नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् । काठमाडौंमा हालै सम्पन्न एचसीसीएनको १८ औँ साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका अध्यक्षसमेत रहेका थापालाई अर्को कार्यकालका लागि डीन चयन गरेको हो । थापाले सन् २०२५/२६ अवधिका लागि एचसीसीएनको नेतृत्व सम्हाल्ने छन् ।

एचसीसीएनको निवर्तमान डीनमा इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल रहेका छन् भने भाइस डिनमा फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य, कोषाध्यक्षमा रोमानियाका अवैतनिक महावाणिज्यदूत नारायण बजाज रहेका छन् ।

एचसीसीएन कार्यकारिणी समिति सदस्यहरुमा स्लोभाक रिपब्लिकका अवैतनिक वाणिज्यदूत पासाङ्ग दावा शेर्पा, भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ, इटालीका अवैतनिक महावाणिज्यदूत प्रतिमा राणा पाण्डे, हंगेरीका अवैतनिक महावाणिज्यदूत अरूण चौधरी र पेरुका अवैतनिक वाणिज्यदूत सुमित कुमार अग्रवाल निर्वाचित भएका छन् । एचसीसीएन कार्यकारिणी समितिमा आइसल्याण्डका अवैतनिक वाणिज्यदूत विदुषी राणा आमन्त्रित सदस्य रहेको घोषणा गरिएको छ ।

नवनिर्वाचित डीन थापाले आगामी वर्षका लागि आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दै आर्थिक कुटनीतिका संवाहक वाणिज्य दूतहरुको भूमिका थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आगामी वर्षका लागि आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दै थापाले नेपाल सरकार र सम्बन्धित मुलुकसँग सहकार्य गरेर अघि बढ्ने जनाए । साधारणसभामा परराष्ट्र मन्त्री डा. आरजु राणा, आर्थिक कुटनीति विषयका मुख्य टिप्पणीकार पूर्व परराष्ट्र सचिव एवं पूर्व राजदूत ज्ञानचन्द्र आचार्य निवर्तमान डीन चन्द्रप्रसाद ढकाललगायत सन् २०२४/२०२५ का लागि कार्यकारी समितिका सदस्यहरूले पुर्याएको योगदानको लागि उनले धन्यवाद दिएका थिए ।