१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर–नेपालको नयाँ कार्यसमिति



अ+ अ-

काठमाडौं । नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् । काठमाडौंमा हालै सम्पन्न एचसीसीएनको १८ औँ साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका अध्यक्षसमेत रहेका थापालाई अर्को कार्यकालका लागि डीन चयन गरेको हो । थापाले सन् २०२५/२६ अवधिका लागि एचसीसीएनको नेतृत्व सम्हाल्ने छन् ।

एचसीसीएनको निवर्तमान डीनमा इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल रहेका छन् भने भाइस डिनमा फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य, कोषाध्यक्षमा रोमानियाका अवैतनिक महावाणिज्यदूत नारायण बजाज रहेका छन् ।

एचसीसीएन कार्यकारिणी समिति सदस्यहरुमा स्लोभाक रिपब्लिकका अवैतनिक वाणिज्यदूत पासाङ्ग दावा शेर्पा, भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ, इटालीका अवैतनिक महावाणिज्यदूत प्रतिमा राणा पाण्डे, हंगेरीका अवैतनिक महावाणिज्यदूत अरूण चौधरी र पेरुका अवैतनिक वाणिज्यदूत सुमित कुमार अग्रवाल निर्वाचित भएका छन् । एचसीसीएन कार्यकारिणी समितिमा आइसल्याण्डका अवैतनिक वाणिज्यदूत विदुषी राणा आमन्त्रित सदस्य रहेको घोषणा गरिएको छ ।

नवनिर्वाचित डीन थापाले आगामी वर्षका लागि आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दै आर्थिक कुटनीतिका संवाहक वाणिज्य दूतहरुको भूमिका थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आगामी वर्षका लागि आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दै थापाले नेपाल सरकार र सम्बन्धित मुलुकसँग सहकार्य गरेर अघि बढ्ने जनाए । साधारणसभामा परराष्ट्र मन्त्री डा. आरजु राणा, आर्थिक कुटनीति विषयका मुख्य टिप्पणीकार पूर्व परराष्ट्र सचिव एवं पूर्व राजदूत ज्ञानचन्द्र आचार्य निवर्तमान डीन चन्द्रप्रसाद ढकाललगायत सन् २०२४/२०२५ का लागि कार्यकारी समितिका सदस्यहरूले पुर्याएको योगदानको लागि उनले धन्यवाद दिएका थिए ।