५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

म्यानचेस्टर टेस्टमा गिलका ५ रेकर्डहरू

म्यानचेस्टर टेस्टमा गिलका ५ रेकर्डहरू
अ+ अ-

एजेन्सी । आइतबार म्यानचेस्टर टेस्टमा शुभमन गिल र रवीन्द्र जडेजाको लागि रेकर्डको दिन थियो ।

गिल इङ्गल्याण्ड विरुद्धको टेस्ट शृङ्खलामा सबैभन्दा धेरै रन बनाउने भारतीय ब्याट्सम्यान बने । उनी डेब्यू टेस्ट शृङ्खलामा ४ शतक बनाउने पहिलो कप्तान पनि बने ।

यस्ता छन् गिलले बनाएका कीर्तिमानहरु
गिल इङ्गल्याण्ड विरुद्धको टेस्ट शृंखलामा सबैभन्दा धेरै रन बनाउने भारतीय ब्याट्सम्यान

शुभमन गिल इङ्गल्याण्ड विरुद्धको टेस्ट शृङ्खलामा सर्वाधिक रन बनाउने खेलाडी बने। एन्डरसन–तेन्डुलकर ट्रफीको क्रममा गिलले अहिलेसम्म ४ खेलको ८ इनिङमा ७२२ रन बनाएका छन्, जसमा उनको उत्कृष्ट स्कोर २६९ हो । उनले यस शृङ्खलामा चार शतक बनाएका छन् र उनको औसत ९०.२५ छ ।

आफ्नो डेब्यू टेस्ट शृङ्खलामा ४ शतक बनाउने पहिलो कप्तान

शुभमन गिल कप्तानको रूपमा आफ्नो डेब्यू टेस्ट शृङ्खलामा ४ शतक बनाउने पहिलो कप्तान बने । उनीभन्दा पहिले केवल ५ खेलाडीहरू, वारविक आर्मस्ट्रङ, डन ब्राडम्यान, ग्रेग च्यापेल, विराट कोहली र स्टिभ स्मिथले कप्तानको रूपमा आफ्नो पहिलो टेस्ट शृङ्खलामा ३–३ शतक बनाएका थिए ।

गिलले टेस्ट शृङ्खलामा सबैभन्दा धेरै शतक बनाउनेमा ब्राडम्यान र गावस्करको बराबरी गरे

कप्तानको रूपमा टेस्ट शृङ्खलामा सबैभन्दा धेरै शतक बनाउने कीर्तिमान तीन खेलाडीको नाममा छ । सर डन ब्राडम्यानले १९४७–४८ मा भारत विरुद्धको घरेलु शृङ्खलामा चार शतक बनाएका थिए ।

यसपछि सुनील गावस्करले १९७८–७९ मा भारतमा वेस्ट इन्डिज विरुद्ध खेल्दा चार शतक बनाए । अब शुभमन गिल यो विशेष सूचीमा सामेल भएका छन् । उनले २०२५ मा इङ्गल्याण्ड विरुद्ध विदेशी पिचमा चार शतक बनाएर यो उपलब्धि हासिल गरेका छन् ।

४ शतक बनाउने गिल चौथो भारतीय

भारतको लागि टेस्ट शृङ्खलामा सबैभन्दा धेरै शतक बनाउने कीर्तिमान चार खेलाडीको नाममा छ, जसले एउटै शृङ्खलामा चार–चार शतक बनाएका छन् । सुनील गावस्करले यो उपलब्धि दुई पटक हासिल गरेका थिए, पहिलो पटक १९७१ मा वेस्ट इन्डिज विरुद्धको विदेश भ्रमणमा, अनि दोस्रो पटक १९७८–७९ मा भारतमा वेस्ट इन्डिज विरुद्ध खेल्दा ।

यसपछि विराट कोहलीले २०१४–१५ को अष्ट्रेलिया शृंखलामा चार शतक बनाए, जुन विदेशी शृंखला थियो । अब शुभमन गिल पनि यो विशेष सूचीमा सामेल भएका छन् । उनले २०२५ मा इङ्गल्याण्डमा इङ्गल्याण्ड विरुद्ध चार शतक बनाएर यो रेकर्ड दोहोर्‍याए ।

टेस्ट शृङ्खलामा भारतका लागि ७०० वा सोभन्दा बढी रन बनाउने ब्याट्सम्यान

गिल टेस्ट शृङ्खलामा ७०० वा सोभन्दा बढी रन बनाउने चौथो ब्याट्सम्यान बने । यो सूचीमा सुनील गावस्कर शीर्ष स्थानमा छन्, जसले १९७१ मा वेस्ट इन्डिज विरुद्धको विदेश भ्रमणमा ७७४ रन बनाएका थिए । यति मात्र होइन, उनले १९७८–७९ मा वेस्ट इन्डिज विरुद्धको घरेलु शृङ्खलामा ७३२ रन बनाएर यो उपलब्धि दोहोर्‍याए ।

२०२४ मा इङ्गल्याण्ड विरुद्धको घरेलु शृङ्खलामा यशस्वी जयस्वालले ७१२ रन बनाएका थिए । शुभमन गिलले २०२५ मा इङ्गल्याण्ड विरुद्धको शृङ्खलामा खेल्दा अहिलेसम्म ७२२ रन बनाएका छन् र उनको शृङ्खला अझै पनि जारी छ ।