१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्दरीजलमा खोलाको बीचमा फसेका पाँच जनाको उद्धार



अ+ अ-

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा खोलाको बीच भागमा फसेका पाँच जनाको नेपाली सेनाले उद्धार गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक चार भारतीय र एक नेपाली खोलामा नुहाउने क्रममा फसेका थिए ।

उनीहरु नुहाउन थालेपछि खोलाको बहाव बढ्न जाँदा बीचमा फसेका थिए ।

नेपाली सेनाको चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको हो ।