३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा प्रवेशबारे के भने वरिष्ठ क्याप्टेन विजय लामाले ?



अ+ अ-

नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाले आफूलाई कुनै दल बनाउने समय नभएको बताएका छन् ।

वरिष्ठ क्याप्टेन लामाले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर नयाँ राजनीतिक दल गठन गर्न लागेको चर्चा भइरहेको छ ।

लामाले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै राजनीति कदल बनाउने समय आफूलाई नभएको र आफ्नै काममा व्यक्त भएको स्पष्टीकरण दिनुभएको हो ।

केही सञ्चारमाध्यमले पार्टी पैवेश गरेको भन्दै समाचार सार्वजनिक गरेको देख्दा उनले अचम्म पनि मानेका छन् । उनले गलत समाचार सम्प्रेषणलाई नाटकको संज्ञा दिएका छन् ।

वरिष्ठ क्याप्टेन लामाले लेखेका छन्–

‎केही पत्रपत्रिकामा मैले पार्टी प्रबेश गरे भन्ने समाचार खष्चब िभएको देख्दा अचम्मित मात्र भएको छैन कि दुख लागेको छ गलत समाचार सम्प्रेषण गर्नेहरुको नाटक देख्दा !

‎म मेरो आफ्नो काममा नै ब्यस्त छु र कुनै पार्टी (दल) बनाउने समय छैन मलाइ!

‎हो मलाइ मेरो देशको चिन्ता सधै छ र रहिरहन्छ भन्दैमा राजनिती मा छिर्न पर्छ भन्ने कतै पनि छैन! पत्रकार ज्युहरुलाइ मेरो विनम्र अनुरोध यहि छ कि यसरी भ्रामक समाचार प्रचार नगरी दिनु होला!

‎समय भएपछि म आफैले सबैलाई जानकारी गराउने छु! त्यो गलत समाचार बन्दै गर्दा म आकाश मै उडाउदै थिए होला! अनि त्यो समाचार बारे मैले यहि जापान मा नै सुन्न पाए ! म राजनीतिमा यदि प्रवेश गरे भने तामझामका साथ प्रबेश गर्ने छु पत्रकार सम्मेलन गरेर नकि यसरी सुटुक्क !

‎जय चन्द्र सुर्य !!