१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

लकडाउनभरीमा १४ सुुत्केरीको उद्धार

लकडाउनभरीमा १४ सुुत्केरीको उद्धार
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बन्दाबन्दीको दुई महिनाको अवधिमा प्रसूूति व्यथा लागेर अलपत्र परेका १४ महिलाको उद्धार गरी अस्पताल पु¥याइएको छ । सो कार्यक्रम अन्तर्गत जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरिँदै आइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दुर्गम क्षेत्रका गर्भवती एवं प्रसूतिका लागि स्वास्थ्य संस्थामा लैजान समस्यामा परेका महिलाको उद्धार प्राथमिकता साथ गरिँदै आएको जानकारी दिए। उनले मातृशिशु मृत्युदर कम गर्न व्यवस्था गरिएको सो कार्यक्रमबारे स्थानीय तहले सक्रियता बढाउनुपर्ने बताए। राष्ट्रपति महिला उत्थान कार्यक्रमकी प्रमुख अञ्जु ढुङ्गानाका अनुसार सो कार्यक्रम कार्यान्वयन पछिको २१ महिनामा २०३ गर्भवती एवं प्रसूति व्यथा लागेका महिलाको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको कार्यविधि पारित भएको तीन महिनापछि हुम्लाको चङ्खेली गाउँपालिका–४ की २२ वर्षीया नीरा शाहीको पहिलो उद्धार गरिएको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत उद्धार कार्यक्रम सञ्चालन हुँदै आएको छ । अप्ठ्यारोमा परेका सुत्केरीले आफ्नो वडाध्यक्ष मार्फत प्रमुख जिल्ला अधिकारी (सीडीओलाई जानकारी गराएमा यो सुविधा लिन सकिन्छ ।

सुत्केरी तथा गर्भवती अवस्थामा महिलाको ज्यान जोखिममा पर्ने र समयमै उपचार नपाएमा ज्यानै जाने भएकाले हवाई उद्धार मार्फत स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था गरिएको छ । २०७५ असोज ३० गते कार्यविधि ल्याइएको थियो । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा थप सुविधासहित उद्धारको कार्यक्षेत्र विस्तार गर्ने नीति अगाडि सारेको छ । विद्यमान कार्यविधि अनुसार दार्चुला, बैतडी, मुगु, डोटी, अछाम, जाजरकोट, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, म्याग्दी, ताप्लेजुङ, रसुवा, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम जिल्लाका प्रसूति व्यथा लागेका महिलाको उद्धार गरिँदै आएको छ । यसैगरी हिमाली र विकट पहाडी जिल्लाका जैमुनी, पाँचपोखरी थामपालधाप, हेलम्बु, जुगल, धादिङको रुवी भ्याली, आरुघाट, अजिरकोट, धार्चे, चुमनुब्री, बाग्लुङको ढोरपाटन, गलकोट, बडिघाट, निसिखोला, बोरेङ, ताराखोला, काँठेखोला, तमानखोलामा आंशिक रूपमा उद्धार कार्यक्रम लागू भएको छ ।

प्रमुख ढुङ्गानाका अनुसार यसरी उद्धार गरी ल्याइएका महिलालाई प्रदेश–१ मा कोसी अञ्चल अस्पताल, प्रदेश–२ को सगरमाथा अञ्चल अस्पताल सप्तरी, जनकपुर अञ्चल अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, बाग्मतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, भरतपुर अस्पतालमा उपचार हुने व्यवस्था छ । यस्तै गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, प्रदेश–५ को लुम्बिनी अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल बाँके, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, मध्यपश्चिम क्षेत्रीय अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराउने व्यवस्था छ । गोरखापत्र दैनिक