६ श्रावण २०८३, बुधबार
,
Latest
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन जस्तो देखिने धातु सहित पक्राउ



अ+ अ-

काठमाडौं। अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ११ ग्राम ६ सय ६० मिलिग्राम तौलको सुन जस्तो देखिने धातुको औंठी २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अष्ट्रेलियन नागरिक ३९ वर्षीय चन्द्र कुमार पराजुली र पर्वत मोदी गाउँपालिका-७ घर भएका ४० वर्षीय प्रमोद शर्मा रहेका छन् । मलेसियन एयरलाइन्सको उडानद्वारा काठमाडौं आएका चन्द्र कुमारबाट प्रमोदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन अध्यागमन क्षेत्रको शौचालय भित्रबाट उक्त धातुको औंठी संकलन गरी भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।