६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बस दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते

बस दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते
अ+ अ-

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका- १ सत्रसयमा आज भएको बस दुर्घटनामा एक मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका बस्ने २२ वर्षीया सुमीना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। दुर्घटनामा घाइते सापकोटालाई आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्।

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको व्यास समितिको बा ५ ख २९९९ नम्बरको बस चालकले नियन्त्रण गुमाइ सडक छेउको कल्भर्टमा पल्टिँदा दुर्घटना भएको थियो। प्रहरीले बस चालक भानु नगरपालिका- ५ बस्ने ३५ वर्षीय रवीन्द्र घलेलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनामा कैलाली जोशीपुरका २३ वर्षीया लक्ष्मी बनादी, धनगढी बसबरिया गाउँपालिका- ५ बस्ने २२ वर्षीया अन्जली शाही, तनहुँको म्याग्दे गाउँपालिका-७ बस्ने १९ वर्षीय किसान विक, व्यास नगरपालिका- १२ बस्ने १९ वर्षीय सुनिल विक, कास्कीको पोखरा महानगरपालिका-८ बस्ने २२ वर्षीया आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका ४ बस्ने ५१ वर्षीय सुनिल ढकाल, लमजुङको बेसीशहर नगरपालिका-३ बस्ने ४१ वर्षीय कृष्णबहादुर पाण्डे, तनहुँको व्यास नगरपालिका बस्ने १३ वर्षीया आस्था काफ्ले, गोरखाको सिरानचोक गाउँपालिका-४ बस्ने ४२ वर्षीय रामशरण कुवँर, सहिद लखन गाउँपालिका- २ घर भई हाल बन्दीपुर गाउँपालिका-१ बस्ने ५९ वर्षीय उज्ज्वल विक, भानु नगरपालिका १० बस्ने ५० वर्षीय खेमराज लौडारी र सोही ठाउँ बस्ने १७ वर्षीय प्रशान्त लौडारी घाइते भएका छन्।

उनीहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै आँबुखैरेनी गाउँपालिका-३ बस्ने ४२ वर्षीया दमन्ती थापालाई थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको छ। रासस