२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम कार्यान्वयन सम्झौताको संशोधनमा हस्ताक्षर



अ+ अ-

काठमाडौँ। नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जर्मन प्राविधिक सहयोग संस्था, जीआइजेड नेपालद्वारा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम-नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तीकरण रिप-ग्रिन कार्यक्रमको दोस्रो संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छ।

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपालका लागि युरोपियन युनियनका प्रतिनिधि मण्डलका प्रमुख जोसे लुइस विनुएसा-सान्तामारिया, काठमाडौँस्थित जर्मन दूतावासका उप-प्रमुख बेन्जामिन साइडल तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति थियो।

नेपाल र जर्मन सरकारबीच २३ जनवरी २०२४ मा भएको प्राविधिक सहयोग सम्झौतालाई यस कार्यक्रमले औपचारिकता प्रदान गर्ने जनाइएको छ। जसअन्तर्गत थप ६ मिलियन युरो बराबरको वित्तीय सहयोग र तीन वर्षको परियोजना विस्तारको सहमति भएको जनाइएको छ।

जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत र सिँचाई मन्त्रालयद्वारा सञ्चालित रिप-ग्रिन परियोजनामा जर्मन विकास सहयोग-जिआइजेडले प्राविधिक सहयोग दिँदै आएको छ।




भर्खरै