२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरा क्‍वारेन्टाइनमा एक बालकको मुत्यु



अ+ अ-

काठमाडौं । डडेल्धुराको क्वारेन्टाइनमा राखिएका साढे ६ वर्षीय बालकको शनिबार राति मृत्यु भएको छ। मृत्यु हुनेमा बालक जिल्लाको नवदुर्गा गाउँपालिका–३ का रहेका छन्। शनिबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको डडेल्धुराका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार मात्रै डडेल्धुरा पुगेका थिए। राती डडेल्धुरा पुगेको उनीहरुलाई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।

बालक गम्भीर बिरामी परेको खबर पाएर प्रहरीले उनलाई आफ्नै गाडीमा अस्पताल पुर्‍याएका थियो । डडेल्धुरा अस्पतालले भने अस्पताल पुर्याउनुभन्दा अघि नै बालकको मृत्यु भएको पुष्टि गरेको छ । बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो। ‘

अस्पतालका अनुसार मृतक बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको छ । यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए। उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने अस्पतालले जनाएको छ । सौर्य दैनिक