१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टीको मुद्दा जनताको घरदैलोमा लिएर जान आवश्यक छ’



अ+ अ-

ललितपुर। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको सिद्धान्त, नीति र जनहितका मुद्दा घरदैलोमा पुग्न पार्टीसम्बद्ध नेताहरूलाई निर्देशन दिनुभएको छ ।

आज पार्टीको केन्द्रीय कार्यालय, बालकुमारीमा आज सम्पन्न केन्द्रीय विभाग र जनवर्गीय सङ्गठन प्रमुखहरूको संयुक्त बैठकमा उहाँले हालको अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा जनताको बीचमा पार्टीको सन्देश पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष यादवले जसपा नेपालले उठाउँदै आएको कतिपय मुद्दासम्बन्धी सन्देश अझै जनताबीच स्पष्ट रूपमा पुगाउन नसकिएको भन्दै यसमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टी सङ्गठन सुदृढीकरण, प्रशिक्षण कार्यक्रम सञ्चालन, नेतृत्व विकास र चुनावी तयारीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “अब विश्राम वा चुप लाग्ने समय छैन ।

सम्पूर्ण शक्ति लगाएर आगामी निर्वाचनको तयारीमा जुट्नुपर्छ । निर्वाचनमा सफलता प्राप्त गर्न कार्यक्षमता विकास र जनसम्पर्क विस्तार अनिवार्य छ”, अध्यक्ष यादवको भनाइ थियो ।

बैठकमा प्रशिक्षण कार्यक्रम, नेतृत्व विकासका पहल, जनसम्पर्क सञ्जाल विस्तार तथा जनवर्गीय सङ्गठनको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको जसपाले जनाएको छ । रासस