२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको आरोपमा थप दुई पक्राउ



अ+ अ-

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र अमृत रावल छन् ।

यसअघि यही जेठ १६ गते पक्राउ पर्नेमा तिनाउ भुतखोलाका २८ वर्षीय एकबहादुर दिशा र ४३ वर्षीय वसन्त सैँजु तथा बगनासकाली गाउँपालिका पोखराथोकका २४ वर्षीय दिलबहादुर कुमाल छन् । 
किशोरीलाई दोभान क्षेत्रमा शुक्रबार बलात्कार गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी कार्यालयबाट गएका प्रहरीले अभियुक्तलाई पक्राउ गरेका हुन् ।