२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ऊर्जामन्त्रीको आग्रहः ठूलो परियोजनामा लगानी गर्नुहोस्



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गर्नुभएको छ ।

आईतवार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गर्नुभएको हो ।

करिव तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठूलो परियोजना सञ्चालन गर्नसक्ने बताउनु भयो । उहाँले लगभग सतप्रतिशत विद्युत पुगेको भन्दै अबको आवश्यकता गुणस्तरीय सेवा भएको बताउनु भयो । २४ सै घण्टा विद्युत आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै हामीलाई आवश्यक पर्ने विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गर्नुभयो । त्यसका लागि ठूलो आयोजनामा लगानी गर्न उहाँले सुझाव पनि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यदि साँच्चै हामी ऐक्यवद्धता जनाएर महासंघ बनाएका हौँ भने त्यो लक्ष्य भेट्टाउने गरी काम गर्नुपर्ने आवश्यकता छ । एउटा शक्ति पनि हो, झन्डै तीन सय हाराहारी संस्थाहरू आवद्ध छाँै भन्नुभाछ, त्यसलाई शक्तिमा परिणत गर्नुपर्छ । यो टे«डिसनल (परम्परागत) हिसावमा चलिरहनु हुँदैन । थुप्रै सामुदायिक उपभोक्ता साथीहरू के भन्नुहुन्छ भने हामी चल्न नसक्ने भयौँ, पहिले ९०ः१० हुँदा हुँदै अहिले ८०ः२० को हाराहारीमा लगानी छ क्यारे । रोजगारीको सिर्जना पनि भएकै छ । उपभोक्ताले सुविधा पनि पाएकै छ । तर, अहिले आवश्यकता के हो ? गुणस्तरीय सेवाको आवश्यता हो ।’

‘हामीलाई पनि दबाब छ, चुनौती छ, चाहना पनि छ सरकारको । २४ सै घण्टा विद्युत आपूर्ती गर्न सक्ने । हामीलाई आवश्यक पर्ने विद्युत् हामी आफूैं उत्पादन गरेर खपत् गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने । आजको आवश्यकतामा नयाँ खोजी के त ? यत्रो ठूलो समूदायको शक्ति नै भइसकेको हुँदा नयाँ खोजीतिर लाग्ने । विनको सम्भावना के छ ? त्यसको अध्यन गर्ने, काम सुरु गर्ने । अर्थात् कुनै ठूलो आयोजना नै हामी मिलेर सञ्चालन गर्नसक्छौँ र लगानीको विषय पनि बन्छ । यति धेरै संस्थाहरू आवद्ध भइसकेपछि यसो किन नगर्ने ? पुरानै कुरामा किन अल्झिएर बस्नुपर्छ र ?’

मन्त्री खड्काले देशको आवश्यकताअनुसार महासंघले आफूलाई बदल्नुपर्ने र नयाँ खोजी गर्नुपर्नेमा जोड दिनुभयो । पुरानै कुरामा अल्झिएर नबस्न पनि महासंघसँग उहाँको आग्रह थियो । सबै मिलेर लगानी गर्न सके ठूलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने मन्त्री खड्काले बताउनु भयो ।