१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप दुबईमा हुने, भारत–पाकिस्तान २४ सेप्टेम्बरमा भिड्ने



अ+ अ-

काठमाडौँ । क्रिकेटको एसिया कप २०२५ युएईमा हुने भएको छ । प्रतियोगिता सेप्टेम्बर ९ मा सुरु भएर सेप्टेम्बर २८ सम्म चल्नेछ ।

भारत र पाकिस्तान एउटै समूहमा छन् । यी दुई टोलीबीचको पहिलो खेल सेप्टेम्बर १४ मा हुनेछ । यदि दुवै टोली सुपर–४ चरणमा पुगे भने यी दुई टोलीबीचको खेल सेप्टेम्बर २१ मा हुन सक्छ ।

भारतले एसिया कप २०२५ को आयोजना अधिकार पाएको छ, तर भारत र पाकिस्तानबीचको खराब सम्बन्धका कारण यो तटस्थ स्थानमा खेलाइनेछ ।

एसियाली क्रिकेट परिषद् (एसीसी)का अध्यक्ष मोहसिन नकवीले यो जानकारी दिएका छन् । प्रतियोगिता टी–२० ढाँचामा हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष पनि रहेका नकवीले पोस्ट गरे– ‘मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि एसीसी एसिया कप २०२५ अब आधिकारिक रूपमा सेप्टेम्बर ९ देखि २८ सम्म युएईमा खेलिनेछ । यो एक उत्कृष्ट प्रतियोगिता हुनेछ र हामी सबैले उत्कृष्ट क्रिकेट हेर्न पाउनेछौं ।’

भारत, पाकिस्तान, ओमान र युएई एउटै समूहमा परेका छन् । समूह बी मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ छन् । समूहका सबै टोलीले एकअर्का विरुद्ध १–१ खेल खेल्नेछन् ।

एसिया कप २०२३ पाकिस्तानले आयोजना गरेको थियो । तर, सुरक्षा कारणले गर्दा भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गर्‍यो, त्यसपछि यो हाइब्रिड मोडेलमा खेलाइयो । भारतका सबै खेलहरू श्रीलंकामा आयोजना गरिएका थिए । श्रीलंकालाई हराउँदै भारतले एसिया कप २०२३ को उपाधि जितेको थियो ।