३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूस–युक्रेन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु



अ+ अ-

एजेन्सी । युक्रेनका विभिन्न क्षेत्रमा रूसले रातभर आक्रमण गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।

ड्निप्रो सहरमा एक उच्चतला आवासीय भवनमा भएको आक्रमणमा एक व्यक्तिको ज्यान गएको ड्निप्रोका मेयर बोरिस फिलाटोभले जानकारी दिनुभयो । अर्कोतर्फ, रूसको रोस्तोभ क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणपछि एक सवारी साधनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको त्यहाँका कार्यवाहक गभर्नर युरी स्लियुसरले पुष्टि गर्नुभयो ।

ड्निप्रो, खार्किभ र जापोरिज्जिया लगायतका शहरहरूमा रूसी हमला भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मेयर फिलाटोभले नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न अनुरोध गर्दै भन्नुभयो,“म बुझ्छु कि सबै ठाउँमा आश्रय स्थल उपलब्ध छैन, तर गोलाबारीको बेला माथिल्लो तल्लामा बस्नु उचित हुँदैन, विशेषतः जब भूमिगत पार्किङजस्ता सुरक्षित स्थानहरू नजिकै छन् ।”

खार्किभका मेयर इगोर तेरेखोभका अनुसार शहरमा करिब तीन घण्टा लगातार आक्रमण भएको थियो, जसमा निर्देशित बम, बलिस्टिक क्षेप्यास्त्र र कामिकाजे ड्रोन प्रयोग गरिएको थियो । जापोरिज्जियाका गभर्नर इभान फेदोरोभले रूसी ड्रोन आक्रमणका कारण आगलागी भएको र एक आवासीय भवन र एक कृषि गोदाममा क्षति पुगेको जानकारी दिनुभयो ।

यसबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको प्रस्ताव राख्दै आगामी अगस्ट महिनाको अन्त्यसम्म भेटवार्ता हुनुपर्ने बताउनुभयो । तर, क्रेमलिनले यस प्रस्तावलाई तत्काल सम्भव नरहेको जनाएको छ । दुबै देशबीच वार्ताका सर्तहरूमा गहिरो मतभेद रहेका छन् ।

युक्रेनले रूसमाथि निर्णय क्षमताविहीन प्रतिनिधि मात्र पठाएको आरोप लगाउँदै आएको छ, भने रूसले युक्रेनलाई आफूले कब्जा गरेको चारवटा क्षेत्र छोड्न आग्रह गरेको छ, जुन युक्रेनले अस्वीकार्य बताउँदै आएको छ ।

युक्रेनले अन्तर्राष्ट्रिय सहयोगका लागि आफ्ना पश्चिमी सहयोगी राष्ट्रहरूलाई थप हतियार र सुरक्षा सामग्री उपलब्ध गराउन आह्वान गरिरहेको छ, ताकि दैनिक भइरहेका रूसी आक्रमणहरूको सामना गर्न सकियोस् ।