२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपत व्यवस्थापनको जिम्मा सेनालाई दिए लोकतन्त्रकै हत्या हुने : सांसद सिंह



अ+ अ-

काठमाडौँ । काँग्रेस सांसद डा. अमरेशकुमार सिंहले कोरोना नियन्त्रणमा सरकारले सेना परिचालन गर्ने तयारी गरेको भन्दै सेना परिचालन गर्ने छुट नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले विपत व्यवस्थापनको जिम्मा सेनालाई दिए लोकतन्त्रकै हत्या हुने भन्दै त्यसबारेमा संसदमा छलफल गर्न जरुरी रहेको बताए । 

सांसद सिंहले विपद व्यवस्थापनको काम गृहमन्त्रालय ऐनले निर्धारण गर्नेभएपनि सरकारले सेना मार्फत जनतालाई दबाएर लोकतन्त्र कमजोर बनाउन खोजिएको उहाँले बताउनुभयो । विश्वका अन्य मुलुकहरुले कोरोना नियन्त्रणका लागि सेना परिचालन नगरेको उल्लेख गर्दै उहाँले नेपालको सन्दर्भमा उचित हुन्छ की हुँदैन भन्ने कुराको छलफल हुनुपर्ने बताउनुभयो ।