१२ श्रावण २०८३, मंगलवार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गरेको बताउनुभएको छ ।

शुक्रवार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत आर्थिक वर्ष सबैभन्दा उच्च पुँजीगत खर्च (७६.४१) प्रतिशत गरेको दाबी गर्नुभयो । उहाँले सोचे भन्दा बढी सडक पूर्वाधार निर्माण गरेको उहाँको दाबी छ । पुल निर्माणको लक्ष्य हाँसिल गर्न नसके पनि अब तिब्र गतिमा काम भइरहेको र उद्घाटनको क्रम जारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस वर्ष भौतिक पूर्वाधारको क्षेत्रमा हामीले उल्लेख्य प्रगति गरेका छौँ । हामीले सबैभन्दा उच्च पुँजीगत खर्च ग¥यौँ, ७६.४१ प्रतिशत । हामीले सोचे भन्दा पनि बढी सडक सञ्जाल, पूर्वाधार निर्माण गरेका छौँ । पुलहरु लक्ष्यमा पुग्न नसकेपनि धमाधम यि पुलहरु उद्घाटन हुने अवस्थामा पुगेका छन् । तिब्र ढंगले हामीले पूर्वाधारका कामहरु गरिरहेका छन् । साधन श्रोतहरु सिमति छन्, त्यत्ति हुँदाहुँदै पनि हामीले कामहरु गरिरहेका छौँ ।’

मन्त्री दाहालले सरकारले तिब्र गतिले पूर्वाधारका काम गरिरहेको बताउनु भयो ।




भर्खरै