३० जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद किरण साहको सांसद पद खारेजी र मत फिर्ताको माग गर्दै निर्वाचन आयोगमा निवेदन



अ+ अ-

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद किरण साहको सांसद पद खारेज गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । साथै सांसद साहलाई दिइएको मत समेत फिर्ता माग गरिएको छ ।

रौतहट राजपुर नगरपालिका–४ निवासी राजनकुमार साहले बिहीबार निर्वाचन आयोगमा निवेदन दर्ता गराउदै यस्तो माग गरेका हुन् । सांसद साह रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । गत आमनिर्वाचनमा सांसद साह स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गरेका थिए ।

आम जनताले स्वतन्त्र जिताउ अभियान अन्तरगत आफ्नो अमुल्य मत दिइ बिजयी बनाएको तर सांसद साहले त्यसको ठिक उल्टो जसको विरोधमा प्रतिस्पर्धा गरेका थिए सोही दलमा प्रवेश गरेकाले आफूहरुले दिइएको मत फिर्ता गर्नुपर्ने र सांसद पद खारेज गर्नुपर्ने जिकिर निवेदक साहको रहेको छ ।

स्वतन्त्र उम्मेदवारको रुपमा बिजयी भएको केही समय पछि सांसद साह एमालेमा प्रवेश गरेका थिए । अहिले सांसद साह प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक मामिला समितिका सभापति समेत रहेका छन् ।

‘रौतहट जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तरगत दलहरुको विरोधमा स्वतन्त्र प्रतिनिधिसभाको उम्मेदवार माननिय सांसद किरण साहलाई म लगायत क्षेत्र नं. २ का आम जनताले स्वतन्त्र जिताउ अभियान अन्तरगत आफ्नो अमूल्य मत दिइ बिजयी बनाएको तर उहाँले त्यसको ठिक उल्टो जसको विरोधमा प्रतिस्पर्धा गर्नुभएको थियो त्यसै दलमा पार्टी प्रवेश गरी हाम्रो मतको अवहेलना गरेको हुनाले हाम्रो मत फिर्ता गर्नमा आवश्यक समन्वय गरी उहाँको सांसद पद खारेजका लागि यो निवेदन पेश गरेको छु,’ निवेदक राजनकुमार साहले निर्वाचन आयोगमा दिएको निवेदनमा उल्लेख गरिएको छ ।