१४ असार २०८३, आईतवार
,
Latest
झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजापा र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गराए



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजापा) र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गराएका छन् । 

सोमबार राजापको तर्फबाट प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीको तर्फबाट सांसद राजेन्द्र प्रसाद श्रेष्ठले संसद सचिवालयमा विधेयक दर्ता गर्नुभएको हो । विधेयक दर्ता पछि राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले आफ्नो तर्फबाट संविधान संशोधनका प्रस्ताव लिएपनि आफुहरुले उठाउँदै आएका विषयहरु नसमेटेकाले गैरसरकारी विधेयक दर्ता गरिएको बताउनुभयो । देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्थामा संवैधानिक निकाय र उच्च पदस्थ व्यक्तिहरुमाथि पनि छानबिन गर्न सक्ने गर्ने गरी लोकपालको व्यवस्था गर्नुपर्ने माग आफुहरुको रहेको उहाँले बताउनुभयो । संवैधानिक निकाय बाहेक विभिन्न आयोग र राजदूत नियुक्त गर्दा समानुपातिक समावेशिता हुनुपर्ने विषय पनि आफुहरुले उठाउँदै आएको उहाँले बताउनुभयो ।

प्रदेशको संख्या हेरफेर लागि आयोग बनाउनुपर्ने, प्रदेशको सिमाङ्कन हेरफेर गर्दा सबै प्रदेशको सहमति अवश्यक नहुने, बैवाहिक अंगिकृत नागरिकताको विषयमा संविधानमा उल्लेख हुनुपर्ने माग आफुहरुको रहेको उहाँले बताउनुभयो । सरकारले आफ्ना कुराहरु सम्बोधन गर्न चासो नदेखाए सरकारले अघि सारेको संशोधनको पक्षमा आफुहरु मतदान गर्न बाध्यन नहुने उहाँले बताउनुभयो । यसअघि शुक्रबार राजपाका तर्फबाट नेता महन्थ ठाकुरले संशोधन विधेयक दर्ता गर्दा सचिवालयले अध्ययन गरेर मात्रै दर्ता हुने जवाफ दिएपछि दर्ता भएको थिएन । शुक्रबार राजपाले संशोधन दर्ता गर्दा समाजवादी पार्टीको सहभागिता पनि थिएन ।